 
																			News Summary
Generated by OK AI. Editorially reviewed.- प्रधानमन्त्री सुशीला कार्कीले ठूला तीन दलका शीर्ष नेतासँग भेट्ने इच्छा नभएको बताउनुभयो।
- उहाँले जेनजी युवाहरूले दलभित्र ती नेताहरूको विकल्प खोजेको र आफूले युवाहरूको भावना सम्मान गर्ने उल्लेख गर्नुभयो।
- कार्कीले भने, 'अब गर्नैपर्ने अवस्था आयो भने कुरा गर्न पनि सकिन्छ' तर एउटै नेतृत्व हेर्नु उचित नभएको बताउनुभयो।
१४ कात्तिक, काठमाडौं । जेनजी विद्रोहले प्रधानमन्त्री बनाएकी प्रधानमन्त्री सुशीला कार्कीले ठूला तीन दलका शीर्ष नेतासँग भेट्ने इच्छा नभएको बताएकी छन् ।
सम्पादकहरूसँग शुक्रबार साँझ भेट्दै उनले युवा विद्रोहले तीन नेताको विकल्प खोजेको भन्दै आफूले युवाहरूको भावना सम्मान गर्ने बताइन् ।
कार्कीले भनिन् :
केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्ड धेरै वर्ष शक्तिमा रहनुभयो । जेनजी युवाहरूले दलभित्र उनीहरूको विकल्पमा आउने नेताहरूसँग कुरा हुनुपर्छ भन्ने ठानेका छन् । अस्ति यहाँ वार्तामा बस्दा पनि जेनजीले दलहरूलाई २३ र २४ भदौको संहारमा ती नेताहरूको भूमिकाबारे प्रश्न उठाए ।
तर मैले कुरा नगरे पनि मन्त्रीहरू रामेश्वरजी, कुलमानजी, ओमजीहरूले कुरा गरिराख्नुभएकै छ । दलहरूसँग कुरा नगर्ने भन्ने होइन । लोकतन्त्रमा दलहरूसँगै कुरा गर्नुपर्छ । मैले पनि गरेकै छु ।
यहाँ ईश्वर पोखरेल, पूर्णबहादुर खड्काहरू आइराख्नुभएकै छ । शंकर पोखरेल प्रदीप ज्ञवाली गगन थापा आदि आउनुहुन्छ । दलहरूसँग हाम्रो कुरा भइराख्छ । जेनजीले पनि दलसँग कुरा गर्नेबारे आपत्ति गरेका छैनन् । नियम कानुन संविधान राम्रोसँग बुझ्छन् जेनजीले । सरुमा जस्तो कडा कुरा छैन ।
तर मलाई चाहिँ उहाँहरूसँग (ओली, देउवा, प्रचण्ड) सँग कुरा गर्ने इच्छा । अब गर्नैपर्ने अवस्था आयो भने कुरा गर्न पनि सकिन्छ । तर एउटै लिडरसिप कति हेर्नु । अस्ति रास्वपाकी निशा डाँगीले यहाँ भनिन् पनि : म जन्मिँदा पनि तपाईंहरू नै नेता हुनुहुन्थ्यो । म सांसद भइसकेँ, अझै तपाईंहरू नै नेता ?’
 
                









 
                     
                                 
 
 
 
 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4