News Summary
Generated by OK AI. Editorially reviewed.- चलचित्र विकास बोर्डले १५ जना फिल्मकर्मीलाई सामाजिक तथा सांस्कृतिक रूपान्तरणमा योगदान पुर्याएबापत 'सांस्कृतिक रूपान्तरण सम्मान तथा पुरस्कार' प्रदान गरेको छ।
- सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सोमबार बोर्डमा आयोजित कार्यक्रममा २० हजार नगद पुरस्कार तथा सम्मानपत्र प्रदान गर्नुभयो।
- पुरस्कारमा शिव श्रेष्ठ, सबिता गुरुङ, तीर्थ थापा, यशकुमार लगायतका कलाकारहरू समावेश छन् र स्व. केशव भट्टराईलाई मरणोपरान्त सम्मान दिइएको छ।
काठमाडौँ । चलचित्र विकास बोर्डले १५ जना फिल्मकर्मीलाई ‘सांस्कृतिक रूपान्तरण सम्मान तथा पुरस्कार’ प्रदान गरेको छ ।
नेपाली चलचित्र क्षेत्रको सामाजिक तथा सांस्कृतिक रूपान्तरणमा योगदान पुर्याएबापत उनीहरूलाई पुरस्कृत गरिएको हो ।
सोमबार बोर्डमा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सम्मान तथा पुरस्कार प्रदान गरे ।
२० हजार नगद पुरस्कार तथा सम्मानपत्र प्रदान गरिएको थियो । सम्मानित हुनेमा शिव श्रेष्ठ, सबिता गुरुङ, तीर्थ थापा, यशकुमार, ध्रुव लम्साल, रम्यता लिम्बु, सम्झना उप्रेती, युवराज लामा, हेमन्त बुढाथोकी, किसन पोखरेल छन् ।

नाजिर हुसेन, रिमेश अधिकारी, रेनिस फागो, अन्जु पन्तलाई पनि पुरस्कृत गरियो । स्व. केशव भट्टराईलाई मरणोपरान्त पुरस्कार दिइयो ।
पुरस्कारले कलाकारको योगदानलाई स्मरण गरेको बोर्ड अध्यक्ष दिनेश डीसीले बताए । कार्यक्रममा कलाकार संघ, निर्माता संघ, प्राविधिक संघ, पत्रकार संघ, तालिम तथा केन्द्रीय छनोट समिति लगायतका प्रतिनिधिको उपस्थिती थियो ।
प्रतिक्रिया 4