+
+
Shares

सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफा ११ प्रतिशत बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २५ गते १०:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सूर्यज्योति लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा १२ करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएको छ।
  • कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको ११ करोड ५३ लाख रुपैयाँबाट ११ प्रतिशतले बढेको हो।
  • कम्पनीको खुद प्रिमियम आम्दानी २ अर्ब ४५ करोड रुपैयाँबाट २ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ।

२५ कात्तिक, काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा १२ करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

कम्पनीले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरणअनुसार खुद नाफा ११ प्रतिशत बढेको हो । गत आर्थिक वर्षको यसै अवधिमा यस्तो नाफा ११ करोड ५३ लाख रुपैयाँ थियो ।

कम्पनीको खुद प्रिमियम आम्दानी बढेको छ, जसको प्रभाव नाफामा पनि देखिएको हो । खुद प्रिमियम आम्दानी पहिले २ अर्ब ४५ करोड रुपैयाँ रहेकोमा अहिले २ अर्ब ९१ करोड रुपैयाँ छ ।

त्यस्तै कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी पहिले ९.२० रुपैयाँ रहेकोमा अहिले १०.२२ रुपैयाँ छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १३४ रुपैयाँ ४२ पैसा छ ।

५ अर्ब १ करोड चुक्ता पूँजी रहेको यस कम्पनीको विपत्ति कोषमा ४२ करोड ५७ लाख रुपैयाँ छ । त्यस्तै सञ्चित आम्दानी १ अर्ब ४ करोड रुपैयाँ छ । सोमबार बजार बन्द हुँदा सेयर मूल्य प्रतिकित्ता ४२९ रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?