२५ कात्तिक, काठमाडौं । जेनजी आन्दोलनको क्रममा कारागारबाट फरार भएका सुन तस्करका आरोपित पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भोजपुरको अरुण गाउँपालिका–४ का ५१ वर्षीय हर्कराज राई छन् ।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
उनलाई बूढानीलकण्ठबाट पक्राउ गरिएको प्रहरीले बताएको छ ।
उनी ब्रेक प्यान्डमार्फत तस्करी गरेर ल्याइएको ६० किलो सुन प्रकरणमा जोडिएका थिए । उनी पुर्पक्षका रूपमा कारागार चलान भएका थिए । पक्राउ परेका राईलाई केन्द्रीय कारागार सुन्धारा पठाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4