+
+
Shares

चर्चित ब्रान्डहरूको ग्राहक तान्ने हास्य शैली ‘एपोलोजी ट्रेन्ड’

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २५ गते १२:४०

२५ कात्तिक, काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जालमा एउटा नयाँ ट्रेन्ड चलेको छ- ‘अफिसियल एपोलोजी ट्रेन्ड’। यस ट्रेन्डमा विभिन्न ब्रान्डहरूले आफ्ना उत्पादन वा सेवाका लागि रमाइलो शैलीमा ‘माफी माग्ने’ अभियान चलाइरहेका छन् । तर यो माफी वास्तवमै गल्तीका लागि नभएर आफ्ना उत्पादनहरू अत्यधिक मन पराइने बनेकामा ठट्टाका रूपमा मागिएको हो।

यो ट्रेन्डमा ब्रान्डहरूले औपचारिक विज्ञप्ति जस्तै देखिने ढाँचाको प्रयोग गर्छन्, तर सन्देश भने हास्यास्पद हुन्छ । उनीहरूले ‘ग्राहकलाई धेरै खुसी बनाएको’ वा ‘उत्पादनमा अत्यधिक आकर्षण भएको’ कारण माफी माग्छन्।

यसरी हास्य र भावना मिसाएर गरिएको मार्केटिङले दर्शकसँग आत्मीयता बढाएको छ।

यस किसिमको शैली भारतका केही चर्चित ब्रान्डसँगै नेपालको बुद्ध एयरले पनि अपनाएको देखिएको छ । भोल्क्सवागेन, स्कोडा, टी सिरिजलगायतका चर्चित भारतीय ब्रान्डहरूले पनि यो शैली प्रयोग गरिरहेका छन् ।

भोलक्सवागेनले आफ्नो ब्रान्डले कारसँग छुट्टिन मुस्किल बनाएको भन्दै एपोलोजी स्टेटमेन्ट जारी गरेको थियो भने टी सिरिजले आफ्ना संगीतबाट दर्शक र श्रोताको ध्यान अत्यधिक तानेकाले माफी मागेको जनायो ।

नेपालको बुद्ध एयरलेपनि लामो समयदेखि ग्राहकको उत्कृष्ट रोजाइ भएकोमा माफी मागेर एपोलोजी स्टेटमेन्ट जारी गरेको थियो ।

यो ट्रेन्डले ब्रान्डलाई ग्राहकको भावनासँग नजिक पुर्‍याउनुका साथै हाँसो ठट्टाका माध्यमबाट प्रोमोसन गर्न पनि मद्दत पुर्‍याएको देखिन्छ ।

ग्राहकले पनि यसलाई मनोरञ्जनका रूपमा लिइरहेका छन् र सामाजिक सञ्जालमा ती पोस्टहरू व्यापक रूपमा सेयर गरिहेका छन् जसका कारण उनीहरूको सोसल मिडिया रिच पनि बढिरहेको छ ।

विज्ञहरूले यो शैलीलाई ‘इमोसनल ब्रान्डिङ’को प्रभावकारी उदाहरणका रूपमा व्याख्या गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?