News Summary
Generated by OK AI. Editorially reviewed.- रजनी थापाले विराटनगरमा आयोजित नवौँ संस्करणको 'मिस कोशी २०२५' को उपाधि जितेकी छिन्।
- थापाले १ लाख नगद र उपहार प्राप्त गरेकी छन् भने दीपान्जली राई फस्ट रनरअप घोषित भएकी छिन्।
- प्रतियोगिताको आयोजना जय मिडिया म्यानेजमेन्ट प्रालिले गरेको थियो र मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाको प्रमुख आतिथ्यतामा सम्पन्न भयो।
विराटनगर । उर्लाबारी मोरङकी रजनी थापाले नवौँ संस्करणको ‘मिस कोशी २०२५’ को उपाधि जितेकी छिन् ।
विराटनगरमा आयोजित ग्रान्ड फिनालेमा १६ फाइनलिस्टलाई उछिन्दै उनले उपाधि चुमिन् । जितसँगै थापाले १ लाख नगद र उपहार प्राप्त गरेकी छन् ।
प्रतियोगितामा सुनसरीकी दीपान्जली राई ‘फस्ट रनरअप’, इनरुवाकी गरिमा शाशंकर ‘सेकेण्ड रनरअप’, काठमाडौंकी भूमिका नेपाल ‘थर्ड रनरअप’ र धरानकी दीया राई ‘फोर्थ रनरअप’ भए ।
विधागततर्फ सुन्दरहरैचाकी लक्ष्मी चौधरी ‘अर्गनाइजर च्वाइस’, अर्जुनधाराकी युनिका विश्वकर्मा ‘मिस पपुलर’, इटहरीकी अपेक्षा चौधरी ‘मिस पब्लिक च्वाइस’, बेलबारीकी सरु लिम्बु ‘मिस ब्यूटी विथ ब्रेन’ घोषित भए ।
रजनी थापा ‘मिस पर्सनालिटी’, युनिका विश्वकर्मा ‘मिस मल्टिमिडिया’, गरिमा शाशंकर ‘मिस ट्यालेन्ट’ चुनिए ।
विराटनगरकी सिम्रन साहु ‘मिस फोटोजेनिक’, दीया राई ‘मिस ब्यूटिफूल स्माइल’, दीपान्जली राई ‘मिस ब्यूटिफूल हेयर’, लक्ष्मी चौधरी ‘मिस इन्टेलेक्ट’ घोषित भए ।
अपेक्षा चौधरी ‘मिस क्याटवाक’, विराटनगरकी निमा राजवंशी ‘मिस फिजिक’, विराटनगरकी दीपिका शाह ‘मिस बेस्ट ट्रान्सफरमेशन’ र भूमिका नेपाल ‘मिस रिफरेसिङ फेस’ घोषित भए ।
मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाको प्रमुख आतिथ्यतामा भएको प्रतियोगिताको आयोजना जय मिडिया म्यानेजमेन्ट प्रालिले गरेको हो ।
प्रतिक्रिया 4