News Summary
Generated by OK AI. Editorially reviewed.- गायक पूर्ण राईको गीत ‘कालो सेतो’ ले १ नोभेम्बर २०२३ मा रिलिज भई युट्युबमा ५ करोड भ्यूज पार गरेको छ।
- पूर्ण राईले आफ्नो गीतलाई माया गर्ने सबै दर्शकलाई धन्यवाद दिएका छन्।
- उनको ब्यान्ड ‘पूर्ण राई एण्ड दाजुभाइहरू’ ले १४ नोभेम्बरमा बेलबारीमा ‘ट्रिगुट म्युजिकल नाइट भोल्युम २’ मा प्रस्तुति दिने कार्यक्रम छ।
काठमाडौं । आफ्नो बहुचर्चित गीत ‘कालो सेतो’ ले युट्युबमा ५ करोड भ्यूज पार गरेपछि गायक पूर्ण राईले दर्शकलाई धन्यवाद दिएका छन् ।
१ नोभेम्बर, २०२३ मा रिलिज भएको उक्त गीतले सोमबार महत्वपूर्ण उपलब्धि हासिल गरेको हो ।
‘कालो सेतोले युट्युबमा ५ करोड भ्यूज पुर्यायो । माया गर्नुभएकोमा सबैलाई धन्यवाद’ उनले लेखेका छन् ।
युवापुस्तामा निकै चर्चित यो गीतको लय, भाका, शब्द र संगीतले प्रशंसा पाएको छ । गायक राईका सांगीतिक टूरमा पनि यो गीत निकै गुञ्जिने र माया पाउनेमध्ये पर्छ ।
उनको अर्को गीत ‘स्पर्श संगीत’ ले अहिलेसम्म दोस्रो धेरै ४ करोड ५२ लाख भ्यूज पाएको छ ।
उनको ब्यान्ड ‘पूर्ण राई एण्ड दाजुभाईहरू’ ले १४ नोभेम्बरमा बेलबारीमा हुने ‘ट्रिगुट म्युजिकल नाइट भोल्युम २’मा प्रस्तुति दिने कार्यक्रम छ ।
सेप्टेम्बर र अक्टोबरमा उनले विभिन्न अमेरिकी राज्यमा प्रस्तुति दिएका थिए ।
प्रतिक्रिया 4