२५ कात्तिक, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले विद्यालय र सिकाइ केन्द्रहरूको जग्गाको विवरण माग गरेका छन् ।
जग्गा हिनामिना भएको गुनासो आएपछि मन्त्री पुनले देशैभरका विद्याल र सिकाइ केन्द्रको जग्गाको स्थिति माग गरेका हुन् ।
‘जग्गा हिनामिना भएको भनेर धेरै जिल्लाहरू बाट रिपोर्ट आएको हुनाले सामुदायिक विद्यालय र सामुदायिक सिकाइ केन्द्रका नाममा भएका जग्गा विवरण, तिनको भोगचलनको अवस्था र जग्गा सम्बन्धी के कस्ता समस्या छन् भनेर देशैभरिका विद्यालयबाट त्यसको विवरण उपलब्ध गराउन शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई निर्देशन दिइएको छु,’ मन्त्री पुनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्
प्रतिक्रिया 4