२५ कात्तिक, काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङ संलग्न दल ‘उज्यालो नेपाल’ को केन्द्रीय कमिटी सूचीमा रहेकी टासी ल्हान्जोमले आफू अहिलेसम्म कुनै दलमा आबद्ध नभएको बताएकी छिन् ।
सो पार्टीले आजमात्रै निर्वाचन आयोगमा विधान र केन्द्रीय कमिटीको सूचीसहित निवेदन दिएको छ ।
उक्त सूचीमा विवेकशील पार्टी छाडेकादेखि पहिचानवादी आन्दोलनमा संलग्न भएका नेताहरू समेत समेटिएका छन् । सोही सूचीमा टासीको पनि नाम छ ।
पार्टी निर्माण प्रक्रियाको अग्रपंक्तिमा रहेका जितराम लामाको दाबी अनुसार, केन्द्रीय कमिटीको सूचीमा रहेकी टासी ल्हान्जोम उनै हुन् ।
तर, टासी ल्हान्जोमले भने आफूसँग सामान्य कुराकानी भएको भए पनि पार्टीमै आबद्ध भने नभएको बताइन् ।
‘मसँग सामान्य कुराकानी भएको हो । तर, अहिलेसम्म कुनै दलमा आबद्ध भइसकेको छैन,’ उनले भनिन् ।
टासी मन्त्रिपरिषद् विस्तार हुने क्रममा मन्त्री बन्ने चर्चा भएपछि विवादमा तानिएकी थिइन् ।
प्रतिक्रिया 4