+
+
Shares

सरिफाको मूल्य घट्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २६ गते १०:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कालीमाटी बजारमा बुधबार सरिफा प्रतिकिलो थोकमा न्यूनतम १ सय ५० देखि अधिकतम २ सय रुपैयाँमा किनबेच भइरहेको छ।
  • मंगलबारको तुलनामा बुधबार सरिफाको औसत मूल्य १५ रुपैयाँ घटेर १ सय ७५ रुपैयाँ कायम भएको छ।
  • सरिफामा पाइने म्याग्नेसियम र पोटासियमले रक्तचाप नियन्त्रणमा मद्दत गर्छ भने फाइबरले हृदयघात र स्ट्रोक जोखिम घटाउँछ।

२६ कात्तिक, काठमाडौं । कालीमाटी बजारमा सरिफाको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार बुधबार सरिफा प्रतिकिलो थोकमा न्यूनतम १ सय ५० देखि अधिकतम २ सय रुपैयाँमा किनबेच भइरहेको छ । औसत मूल्य  १ सय ७५ रुपैयाँ कायम छ ।

हिजो मंगलबार सरिफा प्रतिकिलो थोकमा न्यूनतम १ सय ८० देखि अधिकतम २ सय र औसत १ सय ९० रुपैयाँमा किनबेच भएको थियो । मंगलबारको तुलनामा बुधबार सरिफाको औसत मूल्य १५ रुपैयाँ घटेको छ ।

कात्तिक दोस्रो साता कालीमाटी बजारमा सरिफा प्रतिकिलो थोकमा न्यूनतम १ सय ७० देखि अधिकतम २ सय रुपैयाँमा किनबेच भएको थियो । यस्तै असोज अन्तिम साता भने सरिफा प्रतिकिलो थोकमा न्यूनतम १ सय २० देखि अधिकतम १ सय ४० रुपैयाँमा किनबेच भएको थियो ।

सरिफा, जसलाई सिताफल वा कस्टर्ड एप्पलको नामले पनि चिनिन्छ । यो विशेषगरी गर्मी मौसममा पाइन्छ । विशेषज्ञका अनुसार यसमा पाइने म्याग्नेसियम र पोटासियम जस्ता खनिज तत्वले रक्तचापलाई नियन्त्रणमा राख्न भूमिका खेल्छ।

साथै, यसमा रहेको फाइबरले शरीरमा हानिकारक कोलेस्ट्रोल मात्रालाई घटाएर हृदयघात र स्ट्रोकजस्ता जोखिमबाट बचाउन मद्दत गर्दछ। सरिफा भिटामिन ‘ए’ को पनि राम्रो स्रोत हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?