+
+
Shares

सरिफाको भाउ बढ्यो, प्रतिकिलो कति ?

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ९ गते १२:००

९ भदौ, काठमाडौं । बजारमा सरिफाको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले सोमबार सरिफाको भाउ बढेको देखाएको हो ।

समितिको तथ्यांकअनुसार सोमबार कालीमाटी बजारमा सरिफा प्रतिकिलो थोकमा न्यूनतम २ सयदेखि २५० रुपैयाँमा किनबेच भइरहेको छ । हिजो आइतबार सरिफा प्रतिकिलो थोकमा न्यूनतम २ सयदेखि अधिकतम २ सय २० रुपैयाँमा किनबेच भएको थियो ।

सरिफा, जसलाई सिताफल वा कस्टर्ड एप्पलको नामले पनि चिनिन्छ । यो विशेषगरी गर्मी मौसममा पाइन्छ ।

विशेषज्ञका अनुसार यसमा पाइने म्याग्नेसियम र पोटासियम जस्ता खनिज तत्वले रक्तचापलाई नियन्त्रणमा राख्दै मुटुलाई स्वस्थ बनाउन महत्वपूर्ण भूमिका खेल्छन् । साथै, यसमा रहेको फाइबर र नियासिनले शरीरमा हानिकारक कोलेस्ट्रोलको मात्रालाई घटाएर हृदयघात र स्ट्रोक जस्ता जोखिमबाट बचाउन मद्दत गर्दछ।

सरिफा भिटामिन ‘ए’ को पनि राम्रो स्रोत हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?