+
+
Shares

ओम शर्माले छाडे प्रचण्डको साथ

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २६ गते १५:५५

२६ कात्तिक, काठमाडौं । विघटित नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य ओम शर्माले पुष्पकमल दाहाल प्रचण्डको साथ छाडेका छन् । प्रचण्डले माओवादी केन्द्र विघटन गरेर नेपाली कम्युनिस्ट पार्टीमा एकता गराएसँगै उनले प्रचण्डको साथ छाडेका हुन् ।

कुनै समय प्रचण्डका नजिकका पात्र मानिने शर्मा नेता जनार्दन शर्माका आफन्त हुन् । उनी प्रचण्ड पहिलोपटक प्रधानमन्त्री बन्दा प्रेस सल्लाहकार बनेका थिए ।

पछिल्लो समय भने उनी पार्टीमा एसिया प्रवास संगठन समिति इन्चार्ज समेत थिए ।

शर्मासहित केन्द्रीय सदस्य एवं भारत प्रवास इन्चार्ज लक्ष्मण पन्त, अन्तरमहादेशीय कोषाध्यक्ष सागर पोखरेल, एसिया संगठन समिति सदस्य रामहरि पुडासैनी, अन्तरमहादेशीय समिति सदस्य धर्मराज खतिवडा, बाबुराम सापकोटा, नेपाली प्रगतिशील मञ्च बेल्जियमका प्रवक्ता दिल निशानी मगर, नेपाली प्रगतिशील मञ्च अष्ट्रेलियाका महासचिव ई. प्रतिक पोखरेलले पनि प्रचण्डको साथ छाडेका हुन् ।

प्रचण्डको साथ छाड्दै उनले नेतृत्वको जीवनशैली कम्युनिष्ट आचरण विपरीत अत्यन्त भड्किलो भएको जिकिर गरेका छन् ।

‘पार्टी स्थापनाकालदेखि आजसम्म आयव्ययको कुनै विवरण प्रस्तुत गरिएको छैन । नेतृत्वमा चरम सत्तालिप्सा, परिवारवाद हावी छ । नेतृत्वको जीवनशैली कम्युनिष्ट आचरण विपरीत अत्यन्त भड्किलो छ, जसका कारण कम्युनिष्टहरुको नैतिक धरातल कमजोर बन्न पुगेको छ’ उनले भनेका छन्, ‘उपरोक्त कारणले हामी तपसिलका विभिन्न जिम्मेवारीमा रहेका साथीहरु पार्टीलाई विघटन गरेर माधव नेपालको पार्टीमा माओवादी आन्दोलनलाई विसर्जन गरी बनाइएको ‘नेपाली कम्युनिष्ट पार्टी’सँग कुनै सम्बन्ध नराख्ने घोषणा गर्दछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?