+
+
Shares

‘यो मन त मेरो नेपाली हो’ अमेरिकी फेस्टिभलमा पुरस्कृत

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २७ गते १२:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म 'यो मन त मेरो नेपाली हो' अमेरिकामा आयोजित 'सान फ्रान्सिस्को इन्टरनेसनल न्यू कन्सेप्ट फिल्म फेस्टिभल' मा उत्कृष्ट कथानक फिल्मको अवार्ड जितेको छ।
  • निर्देशक मित्र प्रधानले उक्त अवार्ड ग्रहण गरेका हुन् र यसलाई नेपाली फिल्मका लागि खुसीको कुरा भनेका छन्।
  • यसअघि फिल्मले बेलायतको 'मिल्टन किन्स इन्टरनेसनल फिल्म फेस्टिभल २०२५' मा छायांकन विधामा अवार्ड पाएको थियो।

काठमाडौं । ‘यो मन त मेरो नेपाली हो’ अमेरिकामा आयोजित ‘सान फ्रान्सिस्को इन्टरनेसनल न्यू कन्सेप्ट फिल्म फेस्टिभल’ मा पुरस्कृत भएको छ ।

फिल्मले फेस्टिभलमा उत्कृष्ट कथानक फिल्मको अवार्ड जितेको विज्ञप्तिमा उल्लेख छ । ११८ फिल्म प्रतिस्पर्धामा थिए ।

निर्देशक मित्र प्रधानले अवार्ड ग्रहण गरे । यसरी पुरस्कृत हुनु नेपाली फिल्मको लागि खुसीको कुरा भएको प्रतिक्रिया उनले दिए

फिल्मले यसअघि बेलायतमा आयोजना भएको ‘मिल्टन किन्स इन्टरनेसनल फिल्म फेस्टिभल २०२५’ मा पनि छायांकन विधामा अवार्ड जितेको थियो । छायांकार सौरभ लामा हुन् ।

फिल्मलाई ज्ञानबहादुर प्रधानले निर्माण गरेका हुन् । फिल्ममा विजय बराल, रोशन श्रेष्ठ, विल्सनविक्रम राई, आयुशा समाल, बुद्धि तामाङ, नारायण खाती, भुपेन्द्र लिङ्देन, विजिता परियार लगायतको अभिनय छ ।

फिल्ममा शिवम् अधिकारीको पटकथा लेखन छ । यसमा सौरभ लामाको छायाङ्कन, देव महर्जनको द्वन्द्व, समिर मियाको भीएफएक्स, कविराज गहतराज र प्रमोद भण्डारीको कोरियोग्राफी, बनिश शाहको सम्पादन तथा सिजिआई सत्यम राना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?