News Summary
Generated by OK AI. Editorially reviewed.- विशाल सापकोटाको लेखन तथा निर्देशनमा बनेको छोटो फिल्म ‘वन इन अ मिलियन’ युट्युबमा सार्वजनिक गरिएको छ।
- फिल्मले अवैध बाटो हुँदै अमेरिका पुग्ने नेपालीहरूको कथा र त्यहाँ भोगेका समस्यालाई चित्रण गरेको छ।
- यो फिल्म ‘इजिप्सियन अमेरिकन फिल्म फेस्टिभल २०२५’ र फिल्ममेकर सिजन भोल्यूम ११, २०२५ मा छनोट भैसकेको छ।
काठमाडौं । विशाल सापकोटाको लेखन तथा निर्देशनमा बनेको छोटो फिल्म ‘वान इन अ मिलियन’ युट्युबमा सार्वजनिक गरिएको छ । सुनिता भण्डारीको लगानीमा तयार भएको फिल्ममा अवैधरुपमा हिँडेर अमेरिका पुग्नेहरूको कथा समावेश छ ।
रामेश्वर कार्कीले खिचेको फिल्ममा हसनराजा खान मुख्य भूमिकामा छन् । अमेरिकामा बसोबास गर्दै आएका अभिनेता सुभाष थापाले पनि यो फिल्ममा अभिनय गरेका छन् ।
नरेन्द्र साउद, सुरज खत्री, प्रिन्स नेगी, हेमन्त न्यौपाने, मुरताजा अजिज र रेसाद खलिलको पनि अभिनय छ ।
रोमियो, अलबिदाजस्ता केही नेपाली फिल्ममा अभिनय गरेका खानलाई केन्द्रमा राखेर फिल्म तयार पारिएको हो । फिल्मले अवैध बाटो हुँदै हिँडेरै अमेरिका जाने नेपालीको कथा, त्यहाँ उनीहरुले भोगेको समस्यालाई चित्रण गरिएको छ ।
यो फिल्म ‘इजिप्सियन अमेरिकन फिल्म फेस्टिभल २०२५ र फिल्ममेकर सिजन भोल्यूम ११, २०२५ मा पनि छनोट भैसकेको छ । फिल्ममा संवाद छैन । निर्देशकले दृश्यभाषामार्फत बुझाउने प्रयास गरेका छन् ।
प्रतिक्रिया 4