+
+
Shares

संविधान र प्रणाली जोगाउने जिम्मेवारी कांग्रेसको काँधमा छ: गगन थापा

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २७ गते १९:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले असन्तुष्टि सम्बोधन गर्दै संविधान र प्रणाली जोगाएर अगाडि बढ्नुपर्ने बताएका छन्।
  • थापाले कांग्रेसले नै नेतृत्व गर्नुपर्ने र एमालेले यो काम गर्न नसक्ने दाबी गरेका छन्।
  • उहाँले कांग्रेसलाई पत्याउने अवस्था नरहेको तर नैतिक प्राधिकार फर्काएर अगाडि बढ्नुपर्ने बताए।

२७ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नागरिकमा रहेको असन्तुष्टि सम्बोधन गर्दै संविधान र प्रणाली जोगाएर अगाडि बढ्नुपर्ने बताएका छन् । त्यसको नेतृत्व कांग्रेसले नै गर्नुपर्ने उनको भनाइ छ ।

‘अब अगाडि कसरी जाने भन्ने विषयमा तीनवटा सम्भावनाहरू छन् । एउटा झन् थप ध्रवीकरण बढ्ने । थप हिंसा बढ्ने । दोस्रो, निर्वाचनबाट भदौ २३ भन्दा अगाडिको स्थितिमा पुग्ने अथवा केही सामान्य टालटुल भएर जाने । यो दुइटै कुराले नेपाललाई अगाडि बढ्न दिँदैन । त्यसैले हामी तेस्रो बाटोमा जानुपर्छ,’ थापाले कांग्रेस बैठकमा भने, ‘तेस्रो बाटो भनेको अहिलेको असन्तुष्टिहरूलाई सम्बोधन गर्दै, त्यसलाई सम्हाल्दै, यो संविधानलाई पनि जोगाउँदै र प्रणालीलाई पनि जोगाउँदै अगाडि लिएर जानुपर्छ । यो काम नेपाली कांग्रेस पार्टीले नै गर्नुपर्छ ।’

त्यसको नेतृत्व कांग्रेसबाहेक कसैले गर्न नसक्ने उनको दाबी छ । ‘यो काम अरू कसैले गर्न सक्दैन । नेकपा एमालेले सक्दैन । एमालेको क्यारेक्टर नै होइन यो । एमालले उत्तेजना फैलाउन सक्ला,’ महामन्त्री थापाले भने ।

बैठकमा उनले अहिलेका असन्तुष्टिलाई सम्बोधन गर्दै संविधान र प्रणाली जोगाएर अगाडि बढ्नका लागि कांग्रेसलाई पत्याउने अवस्था नरहेको पनि बताए ।

‘तर यो गर्नुपर्छ भन्दै गर्दा के हामीलाई पत्याउने अवस्था छ ? आजको प्रश्न यो हो,’ थापाले भने, ‘नैतिक प्राधिकार आजको दिनमा हामीले गुमाएका छौँ । हामी ठीक ठाउँमा उभियौँ भने मात्रै अरूलाई ठीक ठाउँमा उभ्याउन सक्छौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?