News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली राष्ट्रिय फुटबल टोलीबाट मिडफिल्डर दिपेश गुरुङ र आदित्य शाक्यले बिहीबार बंगलादेशसँगको खेलमा डेब्यू गरेका छन्।
- दिपेशले ६०औं मिनेटमा आयुष घलानको स्थानमा र आदित्यले ८६औं मिनेटमा मणि लामाको स्थानमा मैदान प्रवेश गरेका थिए।
- नेपालले बंगलादेशसँग २-२ गोलको बराबरी खेलेको छ।
२७ कात्तिक, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीबाट मिडफिल्डरद्वय दिपेश गुरुङ र आदित्य शाक्यले डेब्यू गरेका छन् ।
बिहीबार भएको बंगलादेशसँगको खेलमार्फत ६०औं मिनेटमा आयुष घलानको स्थानमा दिपेश मैदान प्रवेश गरेका थिए । यस्तै ८६औं मिनेटमा मणि लामाको स्थानमा आदित्य मैदान प्रवेश गरेका थिए ।
नेपालका लागि उमेर समूहबाट खेलिसकेका दिपेश पहिलोपटक सिनियर टोलीमा परेका थिए ।
यस्तै आदित्य शाक्य नेपाल सुपर लिगमा ललितपुर सिटी एफसीबाट खेल्दै आएका छन् ।
खेलमा नेपालले बंगलादेशसँग २-२ गोलको बराबरी खेलेको छ ।
प्रतिक्रिया 4