+
+
Shares

दोलखा दुर्घटना अपडेट : उपचारको क्रममा १ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २८ गते १८:२७

२८ कात्तिक, काभ्रेपलाञ्चोक । दोलखाको शैलुङ गाउँपालिका–६ कालापानीमा भएको माइक्रोबस दुर्घटनामा परी घाइते भएका मध्ये एक जनाको उपचारको क्रममा मृत्यु भएको छ ।

मृत्यु हुनेमा गोर्खा निवासी  ६० वर्षीय एकुमाया अर्याल रहेको छन् । उनको सैलुङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । हाल उनी काठमाडौंको चन्द्रागिरिमा बस्दै आइरहेकी थिइन् ।

प्रहरीका अनुसार मृतकको पुरानो घर गोर्खा भए पनि हाल काठमाडौंको चन्द्रागिरि बस्दै आएको प्रहरीले जानकारी दिए ।

दोलखा प्रहरीका सूचना अधिकारी श्रीराम तिमल्सिनाका अनुसार माइक्रोबसमा १६ जना सवार थिए । जसमध्ये १४ जना घाइते भएका छन् ।

काठमाडौंबाट शैलुङ घुम्न गएका उनीहरू चढेको बागमती प्रदेश ००२ ज ६२०८ नम्बरको ईभी माइक्रोबस शैलुङ गाउँपालिका–६ कालापानीमा दुर्घटनामा परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?