+
+
Shares

सेनाद्वारा चिसोबाट अस्वस्थ भएका प्रहरीको उद्धार

इलाका प्रहरी कार्यालय नाम्दोबाट जिल्ला प्रहरी कार्यालय डोल्पा स्थानान्तरण भएर आउने क्रममा बाटोमा हिमपातका कारण अत्यधिक चिसो भई स्वास्थ्यमा समस्या आई प्रहरी चौकी धोमा बिरामी रहेका ती प्रहरीलाई हेलिकप्टरद्वारा दुई चरणमा अस्पताल पुर्याइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २८ गते १८:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली सेनाले पाँच जना नेपाल प्रहरीका सकल दर्जालाइ हिमपात र अत्यधिक चिसोका कारण स्वास्थ्य समस्या भएपछि सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा पुर्‍याएको छ।
  • इलाका प्रहरी कार्यालय नाम्दोबाट डोल्पा स्थानान्तरण हुँदै गर्दा बिरामी भएका ती प्रहरीलाई हेलिकप्टरद्वारा दुई चरणमा उद्धार गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
  • रसुवा जिल्लाको गोसाइँकुण्डमा डुबेर दुर्घटना न्यूनीकरणका लागि नेपाली सेनाको श्रीनाथ गणले तीन स्थानमा डोरीसहित लाइफबाइ ट्युब राखेको छ।

२८ कात्तिक, काठमाडौँ । नेपाली सेनाले पाँच जना नेपाल प्रहरीका सकल दर्जालाइ उद्धार गरी थप उपचारका लागि सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा पुर्‍याएको छ ।

इलाका प्रहरी कार्यालय नाम्दोबाट जिल्ला प्रहरी कार्यालय डोल्पा स्थानान्तरण भएर आउने क्रममा बाटोमा हिमपातका कारण अत्यधिक चिसो भई स्वास्थ्यमा समस्या आई प्रहरी चौकी धोमा बिरामी रहेका ती प्रहरीलाई हेलिकप्टरद्वारा दुई चरणमा अस्पताल पुर्याइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

यसैबीच रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–५ स्थित धार्मिक तीर्थस्थल गोसाइँकुण्डमा डुबेर हुनसक्ने दुर्घटनालाई न्यूनीकरण गर्न नेपाली सेनाको श्रीनाथ गणले कुण्डको किनारामा आपतकालीन अवस्थामा प्रयोग गर्न तीन स्थानमा डोरीसहित लाइफबाइ ट्युब राखेको छ।

निकुञ्ज कार्यालयका पदाधिकारी, स्थानीय होटल व्यवसायी र गोसाइँकुण्ड मन्दिरका पुजारीसहितको उपस्थितिमा उक्त ट्युब जडान गरेको पनि सेनाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?