१ मंसिर, काठमाडौं । अफगानिस्तानले पाकिस्तानबाट गहुँको आयात पूर्णरूपमा बन्द गरिदिएको छ । अफगानिस्तानले १० वर्षअघि पाकिस्तानबाट ३० करोड डलरभन्दा बढीको पिठो आयात गरेको थियो ।
त्यसपछि अफगानिस्तानले पाकिस्तानबाट गहुँ आयातमा विस्तारै कम गरेको थियो । अहिले आएर आयात पूर्णरूपमा बन्द गरेको बीबीसीले जनाएको छ ।
दुई देशबीच पछिल्लो समय तनाव बढेपछि अफगानको तालिबानी सरकारले पाकिस्तानका साथ व्यापारिक सम्बन्ध तोड्ने बताइरहेको थियो ।
अफगानिस्तानले आफ्नो देशका व्यापारीहरूलाई पाकिस्तानभन्दा पनि अन्य मुलुकसँगको व्यापारिक बाटो खोज्न निर्देशन दिएको छ ।
केही दशक यता अफगानिस्तानले पाकिस्तानको बाटो हुँदै सबैभन्दा धेरै व्यापार गर्दै आएको थियो । जुन उसको पूरै व्यापारको झण्डै आधा बराबर मानिन्छ ।
अन्तर्राष्ट्रिय र एशियाली बाजर निगरानी एजेन्सीहरूको आंकडाअनुसार अफगानिस्तानले सन् २०१५ मा पाकिस्तानबाट ३२० मिलियन डलरको पिठो निर्यात गरेको थियो ।
उसले सन् २०२४ मा उज्वेकिस्तान, कजाकिस्तान र रूसबाट ६८९ मिलियन डलरको गहुँ र पिठो खरिद गरेको थियो । सन् २०२५ मा यो आंकडा ७५० मिलियन डलरसम्म पुग्ने अनुमान गरिएको छ ।
प्रतिक्रिया 4