News Summary
Generated by OK AI. Editorially reviewed.- अफगानिस्तानका तालिबान प्रवक्ता जबीहुल्लाह मुजाहिदले पाकिस्तानले गएराति पकतीका, खोस्त र कुनार प्रान्तमा हवाई आक्रमण गरेको आरोप लगाएका छन्।
- मुजाहिदले भने, पाकिस्तानी सेनाले अन्तर्राष्ट्रिय नियम उल्लघंन गर्दै अफगानिस्तानको सम्प्रभुतामा सिधा आक्रमण गर्यो।
- पाकिस्तानको आक्रमणमा खोस्त प्रान्तमा एक घरमा बम पड्किँदा १० जना बालबालिका र महिलाको मृत्यु भएको तालिबानले जनाएको छ।
९ मंसिर, काठमाडौं । पाकिस्तानले आफ्नो सम्प्रभुतामा आक्रमण गरेको अफगानिस्तानले आरोप लगाएको छ ।
अफगानिस्तानको तालिबान सरकारका प्रवक्ता जबीहुल्लाह मुजाहिदले गएराति पाकिस्तानले आफ्ना विभिन्न क्षेत्रमा हवाई आक्रमण गरेर अन्तर्राष्ट्रिय नियम उल्लघंन गरेको बताए ।
सामाजिक सञ्जाल एक्स (ट्विटर) मा पोस्ट गर्दै तालिबान प्रवक्ता मुजाहिदले भने, ‘पाकिस्तानी सेनाले गएराति पकतीका, खोस्त र कुनार प्रान्तमा हवाई आक्रमण गर्यो , जुन अफगानिस्तानको सम्प्रभुतामाथिको सिधा आक्रमण हो, पाकिस्तानी अधिकारीले अन्तर्राष्ट्रिय नियमको उल्लघंन गरे ।’
पाकिस्तानी सेनाले गरेको दुश्मनीपूर्ण कारबाहीले केही हासिल नहुने तालिबान सरकारका प्रवक्ता मुजाहिदको भनाइ छ ।
गलत गुप्तचरीय दलले चलाएको सैन्य कारबाहीले तनाव बढाउने भन्दै मुजाहिदलेले यसले पाकिस्तानी सैन्य बलको असफलता सार्वजनिक गर्ने बताए ।
उनले भने, ‘अफगानिस्तान यस उल्लघंन र आक्रमणको कडा निन्दा गर्दछ, आफ्नो हवाई सीमा, जमिन र नागरिकको रक्षा आफ्नो अधिकार भएको कुरामा जोड दिन्छ र सही समयमा अवश्य जवाफ दिनेछ ।’
तालिबान सरकारका प्रवक्ता मुजाहिदले पाकिस्तानले खोस्त प्रान्तमा एक घरमा बम आक्रमण गरेको आरोप लगाएका छन्, आक्रमणमा १० जना बालबालिका र महिलाको मृत्यु भएको छ ।
पाकिस्तानले भने अहिलेसम्म तालिबान सरकारका प्रवक्ताको आरोपबारे कुनै प्रतिक्रिया दिएको छैन ।
प्रतिक्रिया 4