News Summary
Generated by OK AI. Editorially reviewed.- एनपीएलको दोस्रो सिजनमा एलओडी क्लब इन्टरटेनमेन्ट पार्टनर बनेको छ।
- एलओडी क्लबका सिइओ रविन श्रेष्ठ र क्रिकेट एशोसिएसनका सचिव पारस खड्काले सम्झौता गरेका थिए।
- एलओडी क्लबले खेल अवधिभर म्युजिक प्ले गर्ने र खेलाडीलाई विशेष कार्यक्रम गरेर स्वागत गर्नेछ।
काठमाडौँ- एनपीएलको दोस्रो सिजनमा एलओडी क्लब इन्टरटेनमेन्ट पार्टनर बनेको छ । आजबाट कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा सुरू भएको एनपीएलको दोस्रो सिजनमा एलओडी क्लब इन्टरटेनमेन्ट पार्टनर बनेको हो ।
आइतबार एक कार्यक्रम गरेर क्लबका सीइओ रविन श्रेष्ठ र क्रिकेट एशोशिएसनका सचिव पारस खड्काले सम्झौता गरेका थिए ।
एनपीएलको खेल अवधिभर मनोरञ्जन पार्टनर बनेको क्लबका सिइओ श्रेष्ठले जानकारी दिए । उनका अनुसार खेल भइरहेको समय क्लबका डिजेहरूले ‘म्युजिक’ प्ले गर्ने छन् । क्लबका डिजेहरूले क्रिकेट रंगशालाको बुथमा बसेर म्युजिक प्ले गर्ने छन् ।
‘प्रत्येक खेलका खेलाडीहरूलाई विशेष कार्यक्रम गरेर क्लबमा स्वागत गरिन्छ’ उनले भने, ‘खेलमा सहभागी खेलाडी र खेल हेर्न आएका दर्शकलाई मनोरञ्जन गराउन क्लबले जिम्मेवारी पाएको छ ।’
प्रतिक्रिया 4