News Summary
Generated by OK AI. Editorially reviewed.- एडुटेक इन्टरनेशनल प्रालिले एसोसिओ स्टार्टअप अवार्ड २०२५ प्राप्त गरेको छ।
- कम्पनीका संस्थापक सञ्चालक जितेन्द्र पोद्दारले अन्तर्राष्ट्रिय सम्मान पाएका छन्।
- एडुटेकले स्मार्ट बोर्ड र क्लासरुम सुलोशनमार्फत डिजिटल शिक्षामा योगदान पुर्याइरहेको छ।
२ मंसिर, काठमाडौं। नेपालको अग्रणी प्रविधि कम्पनी एडुटेक इन्टरनेशनल प्रालिले प्रतिष्ठित एसोसिओ स्टार्टअप अवार्ड २०२५ प्राप्त गर्न सफल भएको छ। यो सम्मान कम्पनीका संस्थापक सञ्चालक श्री जितेन्द्र पोद्दार लाई प्रदान गरिएको हो।
एसोसियोले प्रदान गरिने यो अवार्डले एशिया-प्रशान्त क्षेत्रका उत्कृष्ट प्रविधि कम्पनीहरूलाई अन्तर्राष्ट्रिय स्तरमा सम्मानित गर्ने गर्दछ। यस वर्ष नेपालबाट कुल ७ वटा अवार्ड प्राप्त भएका छन्, जसमा एडुटेक इन्टरनेशनलको उपलब्धि विशेष रूपमा उल्लेखनीय छ।
एडुटेक इन्टरनेशनलले पछिल्ला वर्षहरूमा नेपाली बजारमा अत्याधुनिक स्मार्ट बोर्ड, क्लासरुम सुलोशन, र कन्फेरेन्स उपलब्ध गराउँदै शिक्षण र व्यवसायिक प्रस्तुतीकरणलाई डिजिटल रूपान्तरण गर्न योगदान पुर्याउँदै आएको छ।
कम्पनीले हाल होरिन, आइनिक्स, हर्मनलगायतका विश्वप्रसिद्ध ब्रान्डहरूसँग सहकार्य गर्दै एआई जेनेरेट र अन्य प्रविधि समाधान विकासमा कार्यरत छ।
कम्पनीका संस्थापक सञ्चालक पोद्दारका अनुसार यो अन्तर्राष्ट्रिय सम्मान एडुटेक इन्टरनेशनलको नवप्रवर्तन, गुणस्तर र डिजिटल शिक्षाको क्षेत्रमा गरिएको योगदानको प्रमाण हो।
यसले हाम्रो टोलीलाई अझै उत्साह र जिम्मेवारीका साथ देशको प्रविधि विकासमा योगदान पुर्याउने प्रेरणा दिएको छ।’
एडुटेक इन्टरनेशनल नेपालका अग्रणी विद्यालय, कलेज र कर्पोरेट संस्थाहरूको विश्वसनीय प्रविधि साझेदारको रूपमा स्थापित भइसकेको छ। कम्पनीको उद्देश्य नेपालको डिजिटल शिक्षा र कार्य वातावरणलाई विश्वस्तरमा उचाल्ने हो।
क्यान महासंघले नेपालका प्रविधि कम्पनीहरूलाई सिफारिस गरी अन्तर्राष्ट्रिय मञ्चमा अवसर प्रदान गर्दै आएको छ ।
प्रतिक्रिया 4