२ मंसिर, काठमाडौं । एमबीबीएमा अनुत्तीर्ण भएका विद्यार्थीले भर्नाको माग राखेर त्रिविका उपकुलपति दीपक अर्यालको कार्यकक्षमा तोडफोड गरेका छन् ।
एमबीबीएको पहिलो दोस्रो वर्षमा अनुत्तीर्ण भएका विद्यार्थीले तेस्रो वर्षमा भर्ना हुन पाउनु पर्ने माग राखेर आज तोडफोड गरेको उपकुलपति कार्यालयका कर्मचारीले बताए ।
पहिलो र दोस्रो वर्ष उत्तीर्ण नभई तेस्रो वर्षमा भर्ना हुन नपाउने नियम रहेको त्रिविका अधिकारी बताउँछन् ।
यद्यपि, यो विषय चिकित्सा शिक्षा आयोगसँग सम्बन्धित रहेको त्रिविका अधिकारीहरू बताउँछन् ।
‘चिकित्सा शिक्षा आयोगसँग सम्बन्धित विषयलाई लिएर तोडफोड भएको हो । पहिलो र दोस्रो वर्ष उत्तीर्ण नभई तेस्रो वर्षमा भर्ना हुन मिल्दैन,’ त्रिविका एक अधिकारीले भने, ‘ तर, यो विषय विश्वविद्यालयले होइन, चिकित्सा शिक्षा आयोगले हेर्ने विषय हो ।’
त्रिविका कर्मचारीका अनुसार कतिपय विद्यार्थी एमबीबीएस छोडेर बसेका विद्यार्थी पनि तोडफोड गर्न आएका थिए ।
प्रतिक्रिया 4