३ मंसिर, धनगढी । कैलाली जिल्ला अदालतमा आगजनी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
२४ भदौको जेनजी आन्दोलनमा जिल्ला अदालतमा आगजनी गरेको आरोपमा मंगलबार प्रहरीले तीन जनालाई पक्राउ गरिएको जनाएको छ ।
पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–३ बस्ने २४ वर्षीय आशिष भण्डारी, ३० वर्षीय अमन केसी र २४ वर्षीय भरत बम रहेको कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले बताए ।
जिल्ला अदालतले आगजनीमा संलग्नको पहिचान गरेर कारबाहीको दायरामा ल्याउन माग गर्दै दिएको जाहेरीका आधारमा पहिचान गरेर तीनै जनालाई पक्राउ गरिएको उनले बताए ।
जिल्ला अदालत कैलालीमा २४ भदौमा भएको आगजनीमा २००७ सालदेखिका ३० हजार बढि मुद्दाका मिसिल जलाइएको थिए ।
प्रहरीले जिल्ला अदालतले दिएको जाहेरीलाई आधार बनाएर आगजनीमा संलग्नलाई पक्राउ गर्दै कारबाही प्रक्रिया थालिएको जनाएको छ ।
प्रतिक्रिया 4