+
+
WC Series
काठमान्डु गोर्खाज 2025
0/0
VS
सुदूरपश्चिम रोएल्स 2025
2/2 (1.6)
Shares

त्रिविको जग्गा मिच्नेमाथि अनुसन्धान गर्न अख्तियारलाई प्रतिवेदन दिएका छौं : मन्त्री पुन

‘कानुनी कुराहरूलाई अख्तियारमा लगेर दिइसकेको छ । अख्तियारले अगाडि बढाओस् भनेर दिएको हो,’ मन्त्री पुन भने ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ३ गते १६:०८

३ मंसिर, काठमाडौं । सरकारले त्रिभुवन विश्वविद्यालयको जग्गा मिच्नेमाथि अनुसन्धान खोजबिन समितिको प्रतिवेदन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई दिएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले अख्तियारले अगाडि बढाओस् भनेर प्रतिवेदन दिइसकेको बताए । ‘जग्गा छानबिन गरेर त्रिभुवन विश्वविद्यालयको नाममा ल्याउनुपर्ने कुराहरू प्रतिवेदनमा आएको छ । कुनै कुराहरू कानुनी रूपमा गाह्रो छ । कानुनी कुराहरूलाई अख्तियारमा लगेर दिइसकेको छ । अख्तियारले अगाडि बढाओस् भनेर दिएको हो,’ मन्त्री पुन भने ।

अनलाइनखरबसँगको अन्तर्वार्तामा मन्त्री पुनले मन्त्रालयले नै प्रतिवेदन अख्तियारलाई दिएको बताए । ‘त्यो रिपोर्टलाई आधार मानेर यो–यो कुराहरूमा हेर्दिनु पर्यो भनेर अख्तियारलाई दिएको छ,’ उनले भने । मन्त्री भएपछि दुई महिनामा गरेका काम र शिक्षा सुधारबारे मन्त्री पुनसँग गरिएको अन्तर्वार्ता केहीबेरपछि प्रकाशित गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?