News Summary
Generated by OK AI. Editorially reviewed.- युवा तथा खेलकुद मन्त्रालय र नेपाल क्रिकेट संघले दोस्रो सिद्धार्थ बैंक एनपीएल खेल हेर्न आउने महिला, वृद्ध र अशक्तका लागि नि:शुल्क बस सेवा सञ्चालन गर्ने निर्णय गरेका छन्।
- मन्त्री गुप्ताले मुस्कान ट्राभल्ससँग सहकार्य गरी खेल अवधिसम्म बेलुकी ६ देखि ८ बजेसम्म बस सेवा उपलब्ध गराउने जानकारी दिए।
- बस सेवा काठमाडौंका चार रुटहरूमा उपलब्ध हुनेछ जसमा टीयू गेटदेखि स्वयम्भू, बालाजु, महाराजगञ्ज, बल्खु, कालिमाटी, थापाथली, बनेश्वर, तिनकुने, गौशाला र चाबहिल समावेश छन्।
३ मंसिर, काठमाडौं। त्रिवि क्रिकेट मैदानमा जारी दोस्रो सिद्धार्थ बैंक एनपीएल खेल हेर्न आउने महिला, वृद्ध, र अशक्तका लागि काठमाडौं उपत्यकामा नि:शुल्क बस सेवा सञ्चालन हुने भएको छ।
युवा तथा खेलकुद मन्त्रालय र नेपाल क्रिकेट संघको पहलमा क्रिकेट हेरेर फर्किने आफ्नो सवारी साधन नहुने उनीहरूका लागि नि:शुल्क बस सेवा सुरू गरिएको मन्त्री गुप्ताले जानकारी दिएका छन् ।
मन्त्री गुप्ताले नि:शुल्क बस सेवाका लागि मुस्कान ट्राभल्ससँग सहकार्य गरिएको जानकारी दिएका छन् । उनका अनुसार यो सेवा आजदेखि खेल अवधिसम्म बेलुकी ६ देखि ८ बजेसम्म उपलब्ध हुनेछ।
हेर्नुहोस् रूटहरू
रुट १: टीयू गेट – स्वयम्भू – बालाजु
रुट २: टीयू गेट – स्वयम्भू – बालाजु – महाराजगञ्ज
रुट ३: टीयू गेट – बल्खु – कालिमाटी – थापाथली – बनेश्वर – तिनकुने – गौशाला – चाबहिल
रुट ४: टीयू गेट – बल्खु – सातदोबाटो – कोटेश्वर
प्रतिक्रिया 4