+
+
WC Series
लुम्बिनी लायन्स 2025
0/0
VS
१२० बलमा १४३ रन आवश्यक
चितवन राइनोज 2025
142/7 (20)
Shares

सभामुख र राष्ट्रियसभा अध्यक्षले गरे नयाँ संसद्‌ भवनको निरीक्षण

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ४ गते १६:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सिंहदरबारभित्र निर्माणाधीन नयाँ संघीय संसद् भवनको निरीक्षण गरेका छन्।
  • सभामुख घिमिरेले प्रतिनिधिसभा बैठक चैत्र–बैशाखमा सञ्चालन गर्ने गरि निर्माण कार्यलाई अघि बढाउनुपर्ने बताए।
  • नयाँ संसद् भवन तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी २०७६ असोज १६ गते सम्झौता भएकोमा म्याद पाँचौँ पटक २०८२ पुस १६ गतेसम्म थप गरिएको छ।

४ मंसिर, काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सिंहदबारभित्र निर्माणधीन नयाँ संघीय संसद् भवनको निरीक्षण गरेका छन् ।

बिहीबार सभामुख घिमिरे, राष्ट्रिय सभा अध्यक्ष दाहालसहित संघीय संसद्‌का पदाधिकारीले सिंहदरबारमा निर्माणाधीन नयाँ संघीय संसद भवनको निरिक्षण गरेका हुन् ।

निरीक्षणसँगै उनीहरूले निर्माणाधीन संसद् भवनको कार्यप्रगति बारे जानकारी लिएका छन् ।

निरिक्षणपछि संघीय संसदका पदाधिकारीहरूले निर्माणाधीन नयाँ संसद् भवनमा गतिका साथ काम भइरहेको पाइएको प्रतिक्रिया दिए ।

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा बैठक चैत्र–बैशाखमा सञ्चालन गर्ने गरि निर्माण कार्यलाई अघि बढाउनुपर्ने बताए ।

राष्ट्रियसभा बैठक तत्काल बस्नका लागि अरु नै प्रवन्ध गर्नुपर्ने देखिएको उनले बताए ।

सभामुख घिमिरेले समयमा नै निर्माण सम्पन्न भए संसदीय गतिविधिलाई अघि बढाउन सहज हुने धारणा राखे ।

राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले मंसिरभित्र राष्ट्रियसभाको अधिवेशन बोलाउने तयारी भइरहेकाले हालका लागि कृषि समितिको हलबाट सभा सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिए ।

प्रतिनिधिसभाका लागि तत्कालै हल आवश्यक रहेकाले नयाँ संसद भवनको निर्माणलाई गतिका साथ अघि बढाउनुपर्ने उनको भनाइ छ ।

नयाँ संसद् भवन तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी २०७६ असोज १६ गते निर्माण कम्पनीसँग सम्झौता भएको थियो ।

तोकिएको समयमा काम नसकिएपछि पछिल्लो पटक पाँचौँ पटकका लागि २०८२ पुस १६ गतेसम्म म्याद थप गरिएको छ  ।

सङ्घीय संसद्का दुवै सदन, संसदीय समितिहरू र संसदीय दलका कार्यालयसमेत रहने गरी १२ वटा ब्लक सहितको नयाँ संसद् भवनको संरचना निर्माण भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?