+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
146/4 (18.3)
VS
Lumbini Lions won by 6 wickets
चितवन राइनोज 2025
142/7 (20)
Shares

मलिका महत अभिनित मिनि-सिरिज ‘टिन स्पिरिट’ हिमालय टिभीमा आउने

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ४ गते १९:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अभिनेत्री मलिका महत अभिनित मिनी-सिरिज ‘टिन स्पिरिट’को ‘सम्पूर्ण’ बोलको गीत जीटुवान डिजिटल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।
  • मिनी-सिरिज ‘टिन स्पिरिट’ यङ हाट्र्स फिल्म्सको सहकार्यमा निर्माण गरिएको हो र जीवन स्वाँर र सुनिल गुरुङले निर्देशन गरेका हुन्।
  • श्रृंखलामा लक्ष्य तामाङ, अनुशा बायुङ राई, सबी थापा लगायतको अभिनय छ र हिमालय टेलिभिजनबाट प्रसारण हुनेछ।

काठमाडौं । अभिनेत्री मलिका महत अभिनित मिनी-सिरिज ‘टिन स्पिरिट’को ‘सम्पूर्ण’ बोलको गीत सार्वजनिक गरिएको छ ।

सार्वजनिक गीतमा अपूर्व तामाङको आवाज, शब्द छ भने सङ्गीत मनिष गुरुङले भरेका छन् । जीटुवान डिजिटल युट्युब च्यानलबाट गीत सार्वजनिक गरिएको हो ।

जीटुवानले यङ हाट्र्स फिल्म्सको सहकार्यमा मिनि-सिरिज निर्माण गरेको हो । श्रृंखलालाई जीवन स्वाँर र सुनिल गुरुङले निर्देशन गरेका हुन् ।

श्रृंखलामा लक्ष्य तामाङ, अनुशा बायुङ राई, सबी थापा, सुरेश राई, रोनिश सुब्बा, रिनेक्स बस्नेत, मनिका लामा, गीता श्री, संगीता थापा, प्रकाश श्रेष्ठ लगायतको अभिनय छ ।

श्रृंखलाको निर्मातामा असिम शाह छन् । कथा सुनिल गुरुङले लेखेका हुन् । कार्यकारी निर्माता विशाल शर्मा हुन् भने आसिफ शाह क्रिएटिभ डाइरेक्टरको रूपमा छन् ।

नकुल सुनुवारले श्रृंखला खिचेका हुन् । सिरिजमा समावेश अर्को गीतमा आशिरा शाह र सुनिल गुरुङको आवाज, सुश्मा सिग्देलको शब्द र निरज तामाङ, मोहक श्रेष्ठ र सन्देश केसीको संगीत छ ।

यो सिरिज हिमालय टेलिभिजनबाट प्रसारण हुनेछ भने जीटुवान युट्युब च्यानलबाट स्ट्रिम हुनेछ । पछिल्लो समय हिमालय टिभीले युवा लक्षित कार्यक्रम दर्शकमाझ ल्याइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?