News Summary
Generated by OK AI. Editorially reviewed.- हलिउड स्टुडियो लायन्सगेटले “हंगर गेम्स“ फ्रान्चाइजीको नयाँ भाग “द हंगर गेम्स ः सनराइज अन द रिपिङ“ को पहिलो ट्रेलर रिलिज गरेको छ।
- यो फिल्म नोभेम्बर २०, २०२६ मा सिनेमाघरमा रिलिज हुनेछ र सन् २०२५ को सोही नामको पुस्तकमा आधारित छ।
- फिल्मले ५० औं हंगर गेम्समा प्रतिस्पर्धा गर्न छनोट भएका युवा हेमिच एबरनाथीको कथा चित्रण गर्नेछ र राल्फ फिएनेसले राष्ट्रपति कोरियोलानस स्नोको भूमिका निर्वाह गरेका छन्।
लस एन्जलस । हलिउड स्टुडियो लायन्सगेटले “हंगर गेम्स“ फ्रान्चाइजीको पछिल्लो भाग “द हंगर गेम्स ः सनराइज अन द रिपिङ’ को पहिलो ट्रेलर रिलिज गरेको छ ।
यो फिल्म नोभेम्बर २०, २०२६ मा सिनेमाघरमा रिलिज हुनेछ ।
“सनराइज अन द रिपिङ“, सन् २०२५ को सोही नामको पुस्तकमा आधारित छ जसमा पहिलो फिल्मको २४ वर्ष अगाडिको कथावस्तु चित्रण छ ।
फिल्मले ५० औं हंगर गेम्समा प्रतिस्पर्धा गर्न छनोट भएका युवा हेमिच एबरनाथी (जोसेफ जादा) लाई पछ्याउँछ ।
कथानुसार, हरेक २५ वर्षमा हुने खेलको दोसो चरण भएकाले पनेमको प्रत्येक जिल्लाले राजधानीमा दुई पटक ट्रिब्युट पठाउनु पर्छ । यहाँ, ४८ बालबालिकाले हंगर गेम्स जित्न मृत्युसँग जुध्नेछन् ।
राल्फ फिएनेसले राष्ट्रपति कोरियोलानस स्नोको भूमिका निर्वाह गरेका छन्, जसलाई पहिले डोनाल्ड सदरल्याण्डले मूल चलचित्रमा र टम ब्लिथले “ब्यालाड अफ सङबड्र्स एन्ड स्नेक्स“ प्रिक्वेलमा चित्रण गरेका थिए ।
“सनराइज अन द रिपिङ“ फ्रान्सिस लरेन्सद्वारा निर्देशित फिल्म हो जसको पटकथा बिली रेद्वारा लेखिएको छ । ब्राड सिम्पसन र नीना ज्याकबसन फिल्मको निर्माताको रूपमा फर्किएका छन् ।
प्रतिक्रिया 4