+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
0/0
VS
विराटनगर किंग्स 2025
0/0
Shares

एमालेमा फर्किएका केन्द्रीय सदस्यहरू महाधिवेशन प्रतिनिधि बन्ने

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ४ गते २२:१२

४ मंसिर, काठमाडौं । घर फर्क अभियान अन्तर्गत पार्टीमा फर्किएका तत्कालीन दलका केन्द्रीय सदस्यहरूलाई एमालेले महाधिवेशन प्रतिनिधि बनाउने भएको छ ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले यस्तो निर्णय लिएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

‘घर फर्क अभियानमा जोडिएका केन्द्रीय सदस्यलाई महाधिवेशन प्रतिनिधि बनाउने विशेष निर्णय भएको छ,’ ज्ञवालीले बैठकका निर्णयबारे जानकारी गराउँदै भने ।

एमालेको दशौं केन्द्रीय कमिटी बैठकले मंसिरको २७, २८, २९ गते ११ औं महाधिवेशन गर्ने निर्णय गरेको थियो ।

सुरुमा पोखरामा गर्ने भनिएको एमालेको महाधिवेशन पछि काठमाडौं गर्नेगरी सचिवालय बैठकले निर्णय लिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?