६ मंसिर, काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटमा आज ‘सुपर स्याटर्डे’ अन्तर्गत दुई खेल हुँदै छन् ।
आज पहिलो खेलमा कर्णाली याक्स र लुम्बिनी लायन्स खेल्ने छन् । खेल बिहान सवा ११ बजेदेखि त्रिवि क्रिकेट रंगशालामा सुरु हुने छ ।
कर्णाली पहिलो खेलमा चितवन राइनोजसँग पराजित भएको थियो भने लुम्बिनीले चितवनलाई हराएको थियो ।
कर्णाली पहिलो जितको खोजीमा हुँदा लुम्बिनी लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ ।
गत संस्करणको खेलमा कर्णालीले लुम्बिनीमाथि ५ रनको जित निकालेको थियो ।
यस्तै आजको दोस्रो खेलमा काठमान्डु गोर्खाज र विराटनगर किङ्स खेल्ने छन् । खेल अपरान्ह साढे तीन बजेदेखि सुरु हुनेछ ।
काठमान्डुले दुई खेल खेलिसकेको छ भने विराटनगरको यो दोस्रो खेल हो । काठमान्डुले सुरुवाती खेलमा जनकपुर बोल्ट्सलाई पराजित गर्दा दोस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग पराजित भएको थियो ।
विराटनगरले भने पोखरा एभेन्जर्समाथि सहज जित हात पारेको थियो ।
गत संस्करणको खेलमा काठमान्डु गोर्खाजले विराटनगर विरुद्ध १ विकेटको रोमाञ्चक जित हासिल गरेको थियो ।
हालसम्म सुदूरपश्चिम रोयल्स २ खेलमा २ जितसहित ४ अंक जोडेर शीर्ष स्थानमा छ । समान १ जित निकालेका विराटनगर ,लुम्बिनी, चितवन र काठमान्डु क्रमश: दोस्रो, तेस्रो, चौथो र पाँचौं स्थानमा छ छन् ।
प्रतिक्रिया 4