+
+
WC Series
कर्णाली याक्स 2025
0/0
VS
लुम्बिनी लायन्स 2025
126/6 (17.2)
Shares

एमालेको प्रदर्शन : भृकुटीमण्डप हुँदै चल्ने सवारी साधन डाइभर्सन

प्रहरीका अनुसार, भृकुटीमण्डपमा हुने एमालेको प्रदर्शन र सभाका कारण मान्छेहरूको संख्या बाक्लो हुँदै गएपछि सवारी डाइभर्सन गरिएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ६ गते १२:३८
तस्वीर : आर्यन धिमाल/अनलाइनखबर

६ मंसिर, काठमाडौं । नेकपा एमालेले गर्न लागेको प्रदर्शनका कारण काठमाडौंको प्रदर्शनीमार्ग हुँदै सञ्चालन हुने सवारी साधनलाई डाइभर्सन गरिएको छ ।

प्रहरीका अनुसार, भृकुटीमण्डपमा हुने एमालेको प्रदर्शन र सभाका कारण मान्छेहरूको संख्या बाक्लो हुँदै गएपछि सवारी डाइभर्सन गरिएको हो ।

प्रदर्शनीमार्ग हुँदै चल्ने सवारी  साधनलाई  पद्मोदयमोड र   सभागृहमोडबाट  डाइभर्सन  गरिएको प्रहरीले जनाएको छ ।

त्यस्तै र्‍याली चलिरहेकाले टुँडिखेल वरपर भएर चल्ने सवारी साधनको आवागमनमा पनि केही प्रभाव पर्नसक्ने देखिएको छ ।

सो क्षेत्रमा सहज यात्राका लागि उक्त सडकको  विकल्पमा अन्य   सडकको प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ ।

एमालेले आज भृकुटीमण्डपमा वृहत जनसभा आयोजना गरेको छ ।

‘संविधान र लोकतन्त्रको रक्षा हाम्रो साझा जिम्मेवारी !’ भन्ने नाराका साथ जनसभाको आयोजना गरिएको हो ।

जनसभाको आयोजना बागमती प्रदेश कमिटीले गरेको हो । प्रदर्शनसहित जनसभा हुने एमालेले जनाएको छ ।

जनसभालाई शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । जनसभाअघि जुलुससहित एमाले नेता–कार्यकर्ता भृकुटीमण्डप पुग्नेछन् ।

एमालेको जनसभालाई मध्यनजर गर्दै काठमाडौंमा बाक्लो मात्रामा सुरक्षाकर्मी खटाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?