News Summary
Generated by OK AI. Editorially reviewed.- चौथो सिल्भर म्युजिक अवार्डअन्तर्गत गायक रत्नदीप चौधरी सर्वोत्कृष्ट भाषाभाषी अवार्डबाट सम्मानित भएका छन्।
- अपसना म्युजिकको आयोजनामा थारु भाषाको \'नथिया वाली\' बोलको गीतले चौधरीलाई यो अवार्ड दिलाएको हो।
- चौधरीले २०५५ सालदेखि थारू गीत गाएर दर्जनभन्दा बढी चर्चित गीत गाइसकेका छन्।
७ मंसिर, काठमाडौं। चौथो सिल्भर म्युजिक अवार्डअन्तर्गत गायक रत्नदीप चौधरी सर्वोत्कृष्ट भाषाभाषी अवार्डबाट सम्मानित भएका छन्।
अपसना म्युजिकको आयोजनामा भएको प्रतियोगितामा थारू भाषाको (नथिया वाली) बोलको गीतले गायक चौधरी सर्वोत्कृष्ट भाषाभाषी अवार्डबाट सम्मानित भएका हुन्।
आफ्नै शब्द, सङ्गीत र स्वरमा तयार भएको चौधरीको यो गीत थारू भाषार्मा उत्कृष्ट भएको हो ।

२०५५ सालमै पहिलो थारू गीत गाएर चर्चा कमाएका चौधरीले अहिलेसम्म दर्जनभन्दा बढी चर्चित गीतहरु गाइसकेका छन्।
सशस्त्र प्रहरी जवानको प्राविधिक क्षेत्रमा कार्यरत सुनसरीका गायक रत्नदीप चौधरीले २०५६ मा गाएको ‘ए हौ साली झुम्कावाली’ गीत निकै चर्चामा आएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4