+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
139/9 (20)
VS
Sudurpaschim royals won by 45 runs
कर्णाली याक्स 2025
94/10 (19.2)
Shares

‘फिस फेस्टिभल’को पूर्वसन्ध्यामा बंगलादेश दूतावासमा माछा प्रदर्शनी

बंगलादेशको माछा विदेशी मुद्रा आर्जनको मुख्य स्रोतमध्ये एक हो, जसले राष्ट्रिय अर्थतन्त्रमा ठूलो योगदान पुर्‍याएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ८ गते १९:५२
प्रदर्शनीमा राखिएका माछाका प्रकार । फोटो : बंगलादेश दूतावास

८ मंसिर, काठमाडौं । नेपालस्थित बंगलादेश दूतावासले ‘बंगलादेश फिस फेस्टिभल’को पूर्वसन्ध्यामा दूतावास परिसरमा विभिन्न प्रकारका माछा प्रदर्शन गरेको छ ।

काठमाडौंको बसुन्धरास्थित दूतावास परिसरमा आज साँझ ४ बजेदेखि सुरु भएको कार्यक्रममा बंगलादेशका प्रमुख माछा निर्यातकर्ताहरूको सहभागिता थियो । उनीहरुले बंगलादेशमा पाइने माछाका प्रकार र त्यसको व्यापार सम्भावनाबारे जानकारी गराएका थिए ।

उदघाटन सम्बोधनमा नेपालका लागि बंगलादेशका राजदूत शफिकुर रहमानले बंगलादेशका मिठोपानी र समुद्री माछाको विशेष स्वाद, पाक परम्परा र विश्वव्यापी लोकप्रियताको चर्चा गरे ।

साथै निर्यातमुखी मत्स्य क्षेत्र बंगलादेशको ठूला सम्भावनायुक्त व्यवसायिक क्षेत्र भएको बताए । यसबाट नेपाल र बंगलादेशबीच व्यापारिक सहकार्य अझै विस्तार हुने उनले विश्वास व्यक्त गरे ।

राजदूत रहमानले कार्यक्रममा सहभागीहरुप्रति आभार व्यक्त गरे ।

नेपालका लागि बंगलादेशका राजदूत शफिकुर रहमान

कार्यक्रममा होटल एसोसिएसन अफ नेपाल (हान) का अध्यक्ष विनायक शाहले यस्ता कार्यक्रमले नेपाल र बंगलादेशबीचको व्यापारिक साझेदारीलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरे । साथै कार्यक्रम आयोजनाका लागि दूतावासलाई धन्यवाद दिए ।

कार्यक्रममा नेपालका होटल तथा रिसोर्टका लगानीकर्ता, व्यवस्थापक, तथा माछा आयातसँग सम्बन्धित व्यवसायिक फर्मका प्रतिनिधिहरू सहभागी थिए ।

दूतावासले यही नोभेम्बर २८ अर्थात् मंंसिर १२ गते ‘बंगलादेश फिस फेस्टिभल’ दूतावास परिसरमै आयोजना गर्ने तयारी समेत गरेको छ । फेस्टिभलमा कूटनीतिज्ञ, सरकारी अधिकारी र अग्रणी व्यवसायीहरूको सहभागिता रहने दूतावासले जनाएको छ ।

५० भन्दा बढी देशमा निर्यात हुन्छ बंगलादेशको माछा

बंगलादेशको माछा विदेशी मुद्रा आर्जनको मुख्य स्रोतमध्ये एक हो, जसले राष्ट्रिय अर्थतन्त्रमा ठूलो योगदान पुर्‍याएको छ ।

दूतावासका अनुसार बंगलादेशका माछा ५० भन्दा बढी देशमा निर्यात हुन्छन् । प्रमुख निर्यातकर्ताहरुमा युरोपियन युनियन, अमेरिका, जापान, रुस र चीन हुन् ।

निर्यात प्रवर्द्धन व्युरोको तथ्यांक अनुसार हालसालैको आर्थिक वर्षमा फ्रोजन फिस र जिउँदो माछा निर्यात आम्दानी ११.६४ प्रतिशतले बढेर ५३२.९४ मिलियन अमेरिकी डलर पुगेको छ । यसैगरी श्रिम्प अर्थात झिंगे माछाको निर्यात २३.८४ प्रतिशतले बढेर ४०७.२५ मिलियन डलरमा पुगेको छ ।

माछाका अलवा बंगलादेशमा उत्पादन हुने कपडा, जुट, छाला र टेक्सटाइल विश्वबजारमा चर्चित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?