+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
139/9 (20)
VS
Sudurpaschim royals won by 45 runs
कर्णाली याक्स 2025
94/10 (19.2)
Shares

विक्रम धमलाको ‘दर्शन ढुङ्गा’

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ८ गते २१:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गायक विक्रम धमलाले नयाँ गीत ‘दर्शन ढुङ्गा’ सार्वजनिक गरेका छन् जसमा दैनिक जीवनको तनाव भुल्नुपर्ने भाव व्यक्त गरिएको छ।
  • गीत ‘दर्शन ढुङ्गा’ प्रदीप लम्सालले लेखेका हुन् र बाँस्तोलाको संगीत तथा श्यामश्वेत रसाइलीले एरेन्ज र मिक्सिङ गरेका छन्।
  • भिडियोमा विक्रम धमला र उमा कार्की फिचर्ड छन् भने विकास धमलाले सम्पादन र कलर संयोजन गरेका छन्।

काठमाडौं । गायक विक्रम धमलाले नयाँ गीत ‘दर्शन ढुङ्गा’ ल्याएका छन् । दैनिक जीवनमा आउने तनावलाई भुलेर अर्थपूर्ण ढंगले जिउनुपर्छ भन्ने भावको गीतलाई प्रदीप लम्सालले लेखेका हुन् । गीतमा विक्रमश्री बाँस्तोलाको संगीत छ भने श्यामश्वेत रसाइलीले एरेन्ज तथा मिक्सिङ गरेका छन् ।

रमाइलो माहोलको दृश्य उतारिएको गीतको भिडियोमा गायक विक्रम स्वयं र उमा कार्की फिचर्ड छन् । अरुण न्यौपानेले खिचेको भिडियोलाई विकास धमलाले सम्पादन तथा कलर संयोजन गरेका छन् । मेकअप आर्टिस्ट सम्झना सेन्चुरी हुन् ।

लामो समयदेखि सांगीतिक क्षेत्रमा सक्रिय विक्रमले आफ्नै शब्द तथा संगीतमा ‘मुस्कानभित्र रोदन मेरो’ गीतबाट संगीतमा पाइला चालेका थिए । त्यसपछि ‘महसुस’ र ‘आहत’ गरी दुई सोलो एल्बम निकालेका विक्रमका साँच्चै के हो माया, महसुस, मादलु लगायत गीत रुचाइएका छन् । भोजपुरदेखि, फूलको गमला, शुभ तिहार लगायत अन्य गीत पनि उनका सार्वजनिक छन् ।

सांगीतिक क्षेत्रमा सक्रिय भएपनि आफ्नो पेसागत कामले नयाँ गीत ल्याउन ढिलाइ भएको विक्रमले बताए । ‘संगीतको भोक अति नै छ, तर पारिवारिक र पेसागत कामका कारण छिटो–छिटो गीत ल्याउन सकिरहेको छैन । अब सकेसम्म गीत-संगीतमा उपस्थिति जनाइरहने प्रयासमा छु,’ विक्रमले भने, ‘पछिल्लो समय गीत तथा म्युजिक भिडियो निर्माण अनावश्यक खर्चिलो हुँदा पनि हामीजस्ता धेरै कलाकारलाई गाह्रो बनाइरहेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?