+
+
Shares

विराटनगरको प्लास्टिक उद्योगमा आगलागी

प्लास्टिक बनाउन प्रयोग गरिने कच्चा पदार्थ भण्डारण गरिएको स्थानबाट करिब सवा ९ बजेबाट सुरु भएको आगलागी करिब ११ बजे नियन्त्रणमा आएको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ९ गते १२:५७

९ मंसिर, विराटनगर । विराटनगर महानगरपालिका– ७ मा रहेको प्लास्टिक उद्योगमा आगलागी भएको छ । मंगलबार बिहान सरस्वती प्लास्टिक उद्योगमा आगलागी भएको हो ।

प्लास्टिक बनाउन प्रयोग गरिने कच्चा पदार्थ भण्डारण गरिएको स्थानबाट करिब सवा ९ बजेबाट सुरु भएको आगलागी करिब ११ बजे नियन्त्रणमा आएको थियो ।

आगो नियन्त्रणका लागि विराटनगर महानगरपालिकाको २ वटासहित दुहबी, सुन्दरहरैचा, बेलबारी नगरपालिकाको दमकल पनि प्रयोग गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार आगलागीको कारण खुलेको छैन । क्षतिको विवरण पनि संकलन भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?