९ मंसिर, काठमाडौं । प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि आज मंगलबार एकै दिन १५ वटा राजनीतिक दल दर्ता भएका छन् ।
निर्वाचन आयोगका प्रवक्ता नारायाणप्रसाद भट्टराईका अनुसार निर्वाचन प्रयोजनका लागि दर्ता हुने दलको संख्या ८० पुगेको छ । यसमा आज दर्ता भएका दलको संख्या १५ रहेको छ ।
मंगलबार निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एमाले, उज्यालो नेपाल पार्टी, राष्ट्रिय प्रजतन्त्र पार्टी नेपाल, प्रजातान्त्रिक पार्टी नेपाल सहितका १५ पार्टी निर्वाचन आयोग पुगेका हुन् ।
निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने समय बुधबारसम्म छ । निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्नेले २१ फागुनको चुनावमा भाग लि पाउनेछन् ।
प्रतिक्रिया 4