+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
139/9 (20)
VS
Sudurpaschim royals won by 45 runs
कर्णाली याक्स 2025
94/10 (19.2)
Shares

प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि ६४ दल दर्ता, एमाले बाँकी

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ८ गते १९:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि ६४ दलले मंसिर ७ गतेसम्म दर्ता गरिसकेका छन्।
  • निर्वाचन आयोगले दल दर्ताको समय मंसिर १० गतेसम्म कायम राखेको छ र दर्ता दलले फागुन २१ को निर्वाचनमा भाग लिन पाउनेछन्।
  • ६ माघमा उम्मेदवारको मनोनयन पत्र दर्ता हुनेछ र ९ माघमा अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिह्न प्रदान गरिनेछ।

८ मंसिर, काठमाडौं । प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि ६४ दल दर्ता भएको छ ।

निर्वाचन आयोगका अनुसार सोमबार साँझसम्म ६४ वटा दलले निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोग पुगेर दल दर्ता गरेका हुन् ।

प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि यही मंसिर १ गतेबाट सुरु भएको हो । यही १० गतेसम्म निर्वाचन प्रयोजनका लागि दर्ताको समय छ ।

६४ वटा दलमा नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका दलहरू छन् । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी सहितका वाम दल र समूह मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीले समेत निर्वाचन प्रयोजनका लागि दल दर्ता गरिसकेका छन् ।

नेकपा एमाले सहितका कतिपय दलको भने बाँकी नै छ ।

निर्वाचन आयोगका अनुसार सोमबारसम्म दर्ता दलको संख्या १३५ पुगेको छ । यी मध्ये निर्वाचन प्रयोजनका लागि दल दर्ता गरेका पार्टीले आगामी फागुन २१ को प्रतिनिधिसभा सदस्यका निर्वाचनमा भाग लिन पाउनेछन् ।

पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तर्फको निर्वाचन कार्यक्रम अनुसार आगामी ६ माघमा उम्मेदवारको मनोनयन पत्र दर्ताको समय छ । सोही दिन बेलुका उम्मेदवारको सूची प्रकाशन हुनेछ ।

मनोनयन पत्र दर्ता भएका उम्मेदवारको विरोधमा उजुरी दिने दिने दिन ७ माघ हुनेछ । ८ माघमा मनोनयन पत्र र उजुरी उपर जाँचबुझ एवम् निर्णय गर्नेछ ।

पुन: उम्मेदवारको नामावली प्रकाशन गरिनेछ । ९ माघमा उम्मेदवारको नाम फिर्ता लिन सक्नेछन् । सोही उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?