+
+
WC Series
Won काठमान्डु गोर्खाज 2025
157/8 (20)
VS
Kathmandu Gorkhas won by 22 runs
लुम्बिनी लायन्स 2025
135/10 (19.1)
Shares

अवकाशप्राप्त उपरथी कार्कीको अध्यक्षतामा जय मातृभूमि पार्टी

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ९ गते २०:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल सेनाका अवकाशप्राप्त उपरथी सुरेशकुमार कार्कीको अध्यक्षतामा जय मातृभूमि पार्टी गठन भएको छ।
  • जय जन्मभूमि पार्टी नेपाल र राष्ट्रिय मातृभूमि पार्टीबीच एकीकरण भएर जय मातृभूमि पार्टी गठन भएको हो।
  • अध्यक्ष कार्कीले पार्टी राष्ट्रिय स्वाभीमान, सुशासन र स्थिरतामा केन्द्रित रहने र केही दिनमा संगठन र नीतिगत एजेन्डा सार्वजनिक गर्ने बताए।

९ मंसिर, काठमाडौं । नेपाल सेनाका अवकाशप्राप्त उपरथी सुरेशकुमार कार्कीको अध्यक्षतामा जय मातृभूमि पार्टी गठन भएको छ ।

जय जन्मभूमि पार्टी नेपाल र राष्ट्रिय मातृभूमि पार्टीबीच एकीकरण भएर जय मातृभूमि पार्टी गठन भएको हो । एकीकृत पार्टी निर्वाचन आयोगमा वैधानिक रूपमा दर्ता भएको छ ।

नवगठित दल राष्ट्रिय स्वाभीमान, सुशासन र स्थिरताका एजेन्डामा केन्द्रित रहने एकीकृत पार्टीका अध्यक्ष कार्कीले बताए ।

अध्यक्ष कार्कीले राष्ट्रहित, विकास, सुशासन र नागरिकको पहिचान एवं सुरक्षालाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

‘राजनीतिक विभाजन, भ्रष्टाचार र अस्थिरताबाट दिग्भ्रमित जनताका लागि यो दल एक वैकल्पिक प्लेटफर्म बन्नेछ,’ उनले भने । अध्यक्ष कार्कीले केही दिनमा पार्टीको संगठन र नीतिगत एजेन्डा सार्वजनिक गर्ने तयारी भइरहेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?