+
+
WC Series
विराटनगर किंग्स 2025
0/0
VS
चितवन राइनोज 2025
0/0
Shares

थ्याङ्क्सगिभिङ डेमा दुई टर्कीलाई ट्रम्पको क्षमादान

टर्कीलाई माफ गर्ने परम्परा धेरै पुरानो हो, जसको चर्चा अब्राहम लिंकनको समयदेखि नै पाइन्छ। पछि सन् १९४७ देखि यो समारोह हरेक वर्ष ह्वाइट हाउसमा हुँदै आएको छ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १० गते १०:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले थ्याङ्क्सगिभिङ डेको अवसरमा दुई टर्कीहरूलाई क्षमादान दिएका छन्।
  • ट्रम्पले पूर्व राष्ट्रपति जो बाइडेनमाथि ठट्टा गर्दै बाइडेनले टर्कीहरूलाई 'अटो-पेन'ले हस्ताक्षर गरेर माफी दिएको टिप्पणी गरे।
  • यस वर्षको समारोहमा पहिलो पटक एउटा मात्र टर्कीलाई मञ्चमा ल्याइयो र जनताबाट मतदान गरेर गोबललाई राष्ट्रपतिसामु पेस गरियो।

१० मंसिर, काठमाडौं । अमेरिकामा थ्याङ्क्सगिभिङ डेको अवसरमा राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई टर्कीहरू ‘गोबल’ र ‘वाडल’ लाई क्षमादान दिएका छन् । यस सम्बन्धमा ह्वाइट हाउसमा एउटा कार्यक्रमको आयोजना गरिएको थियो।

कार्यक्रमका क्रममा ट्रम्पले पूर्व राष्ट्रपति जो बाइडेनमाथि पनि ठट्टा गरे। बाइडेनले गत वर्ष टर्कीहरूलाई ‘अटो-पेन’ ले हस्ताक्षर गरेर माफी दिएकाले ट्रम्पले त्यसलाई वैध नमानेको टिप्पणी गरे ।

यस वर्षको समारोहमा केही परिवर्तन गरिएको थियो। पहिलो पटक एउटा मात्र टर्कीलाई मञ्चमा ल्याइयो। मेलानिया ट्रम्पको कार्यालयले कुन टर्कीलाई राष्ट्रपतिसामु पेस गर्ने भनेर पहिले नै जनताबाट मतदान गराएको थियो ।

भोटिङमा गोबलले जितेको हो। ट्रम्पले भाषण दिइरहेका बेला गोबल बारम्बार ठूलो आवाज निकालेर बीचमा कराइरहेको थियो । यसले त्यहाँ हाँसो-मजाकको माहोल बनेको थियो ।

टर्कीहरूको बिलासी यात्रा

गोबल र वाडल दुवै नर्थ क्यारोलाइनामा जन्मिएका थिए। एउटाको तौल २३ किलो छ भने अर्कोको २२ किलो । ह्वाइट हाउस आइपुग्नुअघि दुवै टर्कीहरूलाई ठूलो आवाज, बत्ती र भीडभाडको बानी पारिएको थियो, मानौँ उनीहरू कुनै ठूलो समारोहको तयारी गरिरहेका छन्।

उनीहरू वाशिंगटनको एक शानदार होटलको सुइटमा समेत बसेका थिए।

समारोहपछि दुवै टर्कीहरूलाई नर्थ क्यारोलाइना स्टेट युनिभर्सिटी लगिनेछ, जहाँ उनीहरू आरामले आफ्नो जीवन बिताउनेछन्।

क्षमादान परम्पराको इतिहास

टर्कीलाई माफ गर्ने परम्परा धेरै पुरानो हो, जसको चर्चा अब्राहम लिंकनको समयदेखि नै पाइन्छ। पछि सन् १९४७ देखि यो समारोह हरेक वर्ष ह्वाइट हाउसमा हुँदै आएको छ।

सन् १८६३ मा राष्ट्रपति अब्राहम लिंकनका छोरा ट्याडले आफ्ना बुबासँग क्रिसमसको खानाका लागि पठाइएको एउटा टर्कीलाई बचाउन अनुरोध गरेका थिए। लिंकनले त्यसलाई माफ गरिदिए। यो सबैभन्दा पहिलो थ्याङ्क्सगिभिङ रहेको बताइएको छ ।

सन् १९४७ मा हेनरी ट्रुम्यान प्रशासनको समयमा नेशनल टर्की फेडेरेसनले ह्वाइट हाउसलाई हरेक वर्ष थ्याङ्क्सगिभिङका लागि एउटा टर्की पठाउन सुरु गर्‍यो। त्यो समयमा टर्कीलाई माफ दिनुको सट्टा खाने गरिन्थ्यो ।

सन् १९६० को दशकदेखि केही राष्ट्रपतिहरूले ठट्टामा टर्कीलाई माफ गरिदिए र त्यसलाई कुनै फार्म वा चिडियाखानामा पठाइदिए।

सन् १९८९ मा राष्ट्रपति जर्ज एच. डब्ल्यू. बुशले पहिलो पटक मिडियाका सामु औपचारिक रूपमा टर्कीलाई क्षमादान दिएका थिए। त्यसबेलादेखि यो हरेक वर्ष हुँदै आएको छ। यसपछि आउने हरेक राष्ट्रपतिले यो परम्परालाई निरन्तरता आएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?