+
+
WC Series
विराटनगर किंग्स 2025
0/0
VS
चितवन राइनोज 2025
0/0
Shares

नेपालमा केही भएको छैन भन्ने भाष्य निर्माण गर्नु गलत हो : स्वर्णिम वाग्ले

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १० गते १२:४७
फाइल तस्वीर

१० मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति एवं अर्थविद् डा. स्वर्णिम वाग्लेले नेपालमा केही भएको छैन भन्ने भाष्य निर्माण गर्नु गलत हुने बताएका छन् ।

राष्ट्रिय युवा परिषद्ले बुधबार आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् । २०४८ सालपछि निर्वाचित सरकारले लिएको आर्थिक नीतिका कारण नेपालमा धेरै परिवर्तन भएको उनले बताए । यसलाई सबैले स्वीकार गर्नुपर्ने उनको भनाइ छ ।

‘सबै खत्तम यहाँ केही पनि हुँदैन भन्ने भाष्य पनि राम्रो होइन । यस मानेमा कहिलेकाहीँ फर्केर हेर्दाखेरी नेपालमा केही पनि नभएको होइन । यसलाई एक्रोलेज गरेर नै जानुपर्छ । २०४८ सालको नवनिर्वाचित सरकारले गरेका आर्थिक सुधारको बलमा राम्रो पिकअप लिएको थियो । एभरेज ग्रोथरेन्ज ७ प्रतिशत जति थियो । त्यसलाई आज निरन्तरता दिन सकेको भए, हामी करिब १०० विलियन डलर आकारको अर्थतन्त्र आज नै पुग्ने रहेछ,’ उनले भने । तर हाल ४५ अर्ब डलर बराबरको अर्थतन्त्र रहेको उनले बताए ।

पछिल्लो डेढ दशकदेखि भने नेपालमा राजनीतिक–आर्थिक उथलपुथलको चक्रमा फसेको उनले बताए । त्यसको प्रतिबिम्व २३ र २४ भदौका घटनाले पनि देखाएको उनको भनाइ छ ।

जेनजी आन्दोलनले मुलुक नयाँ मोडमा पुगेको उनले बताए । उनकाअनुसार यो संक्रमणको सफल व्यवस्थापन हुन सकेमा देशले नयाँ आर्थिक–राजनीतिक मार्ग प्राप्त गर्नसक्छ । तर असफलता भए पुनः प्रतिगमनको जोखिम गम्भीर रूपमा बढ्ने उनले बताए ।

उनले यस चुनौतीपूर्ण अवस्थाबाट देशलाई निकाल्ने जिम्मेवारी नयाँ पुस्ताका राजनीतिक पात्र तथा नयाँ दलहरूले बहन गर्नुपर्नेमा जोड दिए ।

उनले आगामी निर्वाचनपछि नयाँ आउने नेतृत्वले देशमा आर्थिक विकासको लागि दर्जनौँ कानूनमा सुधार गर्नुपर्ने आवश्यकता औँल्याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?