+
+
WC Series
विराटनगर किंग्स 2025
0/0
VS
चितवन राइनोज 2025
0/0
Shares

राष्ट्रिय सभागृहमा कांग्रेस विशेष महाधिवेशन पक्षधरको भेला (तस्वीरहरू)

नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक भोलि ११ मंसिरमा बस्दैछ । बैठकमा बोल्ने नेताहरूले विशेष महाधिवेशनको मिति तोकिनुपर्ने माग राखेका छन् ।

आर्यन धिमाल आर्यन धिमाल
२०८२ मंसिर १० गते १४:१८

१० मंसिर, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरको विशेष भेला जारी छ ।

राष्ट्रिय सभागृहमा जारी भेलामा बोल्ने नेताहरूले विशेष महाधिवेशन आह्वान गर्नुपर्ने पक्षमा आ-आफ्नो भनाइ राखिरहेका छन् ।

नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक भोलि ११ मंसिरमा बस्दैछ । केन्द्रीय समिति बैठकले विशेष महाधिवेशनको मिति तोकिनुपर्ने उनीहरूको माग छ ।

भेलामा विशेष महाधिवेशनको पक्षमा रहेका पुराना पुस्ताका नेता, जिल्ला सभापति, नयाँ पुस्ता लगायतका नेताहरू सहभागी छन् ।

विशेष महाधिवेशनको माग गर्दै कांग्रेसका २ हजार ४९९ प्रतिनिधिले हस्ताक्षर सहित लिखित माग गरेका छन् ।

२९ असोजमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई विशेष महाधिवेशनको माग सहित लिखित प्रस्ताव पेश गरिएको छ ।

कांग्रेस विधान अनुसार प्रस्ताव पेश मितिले तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने व्यवस्था छ ।

लेखक
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?