१० मंसिर, काठमाडौं । स्कुटर चढेर गलाको सुनको सिक्री थुत्दै हिँड्ने एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा लमजुङको दोर्दी गाउँपालिका–७ घर भएका ३९ वर्षीय टासी गुरुङ छन् । उनलाई प्रहरी वृत्त स्वयम्भूको टोलीले पक्राउ गरेको हो ।
उनले १ मंसिरमा ठूलो भर्याङस्थित सडकमा एक महिलाको गलामा लगाएको १.५ तोलाको सुनको सिक्री लुटेको आरोप छ । स्कुटरमा आएका दुई जनाको समूहले सिक्री थुतेर फरार भएको थियो ।
पक्राउ परेका टासीको जुरङ्खुस्थित कोठा खानतलासी गर्दा ७ं६५ लेखिएको अटो पेस्तोल समेत फेला परेको प्रहरीले बताएको छ । यसको ६ राउण्ड गोली, खुकुरी, लुट्दा प्रयोग गरिएका कपडा, स्कुटर, औठीलगायत बरामल भएका छन् ।
प्रतिक्रिया 4