News Summary
Generated by OK AI. Editorially reviewed.- हिरो ब्रान्डले २४ देखि २९ कात्तिकसम्म भृकुटीमण्डपमा 'हिरो सर्भिसका साथै एक्स्चेन्ज महामेला २०८२' आयोजना गर्ने भएको छ।
- महामेलामा लेबर चार्जमा ५० प्रतिशत, स्पेयपार्ट्स र ल्युबमा १५ प्रतिशत, एएमसी सर्भिसमा ३० प्रतिशत छुट दिइनेछ।
- नयाँ मोटरसाइकल खरिदमा न्यूनतम ८ हजारदेखि १ लाख रुपैयाँसम्म छुट र हेल्मेट, बाइक कभर, ग्लोभ्सजस्ता फ्रि एसेसरिज उपलब्ध हुनेछन्।
२३ कात्तिक, काठमाडौं । हिरो ब्रान्डका मोटरसाइकल र स्कुटर प्रयोगकर्ताका लागि नेपालमा पहिलो पटक ‘हिरो सर्भिसका साथै एक्स्चेन्ज महामेला २०८२’ आयोजना हुने भएको छ । यो महामेला २४ देखि २९ कात्तिकसम्म भृकुटीमण्डपमा सञ्चालन हुनेछ ।
महामेलामा ग्राहकले विभिन्न आकर्षक सेवा र छुटको लाभ लिन सक्नेछन् । सर्भिसतर्फ लेबर चार्जमा ५० प्रतिशत छुट, स्पेयपार्ट्स र ल्युबमा १५ प्रतिशत तथा एएमसी सर्भिसमा ३० प्रतिशत छुट प्राप्त गर्न सकिने छ ।
यसका साथै निःशुल्क इन्जेक्टर क्लिङ, वासिङ र हिरोको मचेन्डाइजहरू पनि उपलब्ध हुनेछन् ।
एक्स्चेन्जतर्फ पनि विशेष सुविधा दिइएको छ । हिरो टु हिरो एक्स्चेन्जमा न्यूनतम मूल्यांकन ३० हजार रुपैयाँ सहित थप भ्यालु एडिसन १५ हजारदेखि १ लाख रुपैयाँसम्म पाइने कम्पनीले जनाएको छ ।
अन्य ब्रान्डबाट हिरोमा एक्स्चेन्ज गर्दा न्यूनतम मूल्यांकन २५ हजार रुपैयाँसहित थप भ्यालु एडिसन १५ हजारदेखि १ लाख रुपैयाँसम्म प्राप्त गर्न सकिने छ ।
नयाँ हिरो मोटरसाइकल र स्कुटर खरिदमा पनि ग्राहकले न्यूनतम ८ हजारदेखि १ लाख रुपैयाँसम्मको छुटका साथै हेल्मेट, बाइक कभर र ग्लोभ्सजस्ता फ्रि एसेसरिज प्राप्त गर्न सक्नेछन् ।
यसका साथै सरल फाइनान्स सुविधा पनि उपलब्ध हुनेछ, जसअन्तर्गत नागरिकताका भरमा हिरो मोटरसाइकल तथा स्कुटर ढुक्कसाथ खरिद गर्न सकिने छ ।
मेला अवधिभरि दैनिक लक्की ड्रमार्फत एक ग्राहकलाई फुलफेस हेल्मेट प्रदान गरिने छ । यसैगरी मेला अवधिभरि भ्रमण गर्ने ग्राहकमध्येबाट एक भाग्यशाली विजेतालाई लक्की ड्रमार्फत नथिङ स्मार्ट फोन प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतिक्रिया 4