+
+
WC Series
लुम्बिनी लायन्स 2025
143/10 (19.4)
VS
८४ बलमा १०० रन आवश्यक
सुदूरपश्चिम रोएल्स 2025
44/2 (5.6)
Shares

बहुप्रतीक्षित श्रृंखला ‘स्ट्रेन्जर थिंग्स ५’ आजदेखि, नेपालका दर्शकले कति बजे हेर्ने ?

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ११ गते १२:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेटफ्लिक्समा विश्वको सबैभन्दा प्रतीक्षित श्रृंखला 'स्ट्रेन्जर थिंग्स' को पाँचौं सिजन आज ६ बजेर ४५ मिनेटदेखि सार्वजनिक हुँदैछ।
  • पाँचौं सिजनले विश्वव्यापी विज्ञान कथाको अन्त्यको सुरुवात चित्रण गर्नेछ र खण्ड १ आज सार्वजनिक हुनेछ भने थप खण्ड २०८२ को अन्त्यमा आउनेछन्।
  • नेटफ्लिक्सले सिजन ५ लाई 'अहिलेसम्मकै सबैभन्दा महत्वाकांक्षी' भागको रूपमा वर्णन गरेको छ र यसले प्रिय पात्रको रोचक कथावस्तु प्रस्तुत गर्नेछ।

विश्वको सबैभन्दा प्रतीक्षित श्रृंखलामध्ये एक ‘स्ट्रेन्जर थिंग्स’ को पाँचौ सिजन आज बिहीबारदेखि नेटफ्ल्क्सिमा आउँदैछ । नेपालका दर्शकले बेलुका ६ बजेर ४५ मिनेटदेखि प्लाटफर्ममा श्रृंखला हेर्न पाउनेछन् ।

पाँचौं सिजनले विश्वव्यापी विज्ञान कथाको अन्त्यको सुरुवातलाई चित्रण गर्नेछ, जसको खण्ड १ आज आउँदैछ, त्यसपछि सन् २०२५ को अन्त्यमा थप खण्डहरू आउनेछन् ।

नयाँ सिजनलाई लिएर सामाजिक सञ्जाल पहिले नै उत्साहले भरिएको छ । दर्शक हकिन्स गाथाको अन्तिम अध्याय हेर्नको लागि पर्खाइमा छन् ।

नेटफ्लिक्सले सिजन ५ लाई “अहिलेसम्मकै सबैभन्दा महत्वाकांक्षी’ भागको रूपमा वर्णन गरेको छ । जसलाई उसले प्रिय पात्रको रोचक कथावस्तु, भावनात्मक मोड र गहिराइमा प्रस्तुत गर्ने बताइएको छ ।

अघिल्ला सिजन नेपाली दर्शकमाझ पनि रुचाइएको देखिन्छ । नेपालका सामाजिक सञ्जाल प्रयोगकर्ताले अघिल्ला सिजनको प्रशंसा सामाजिक सञ्जालमा गरेका थिए ।

चौंथो सिजन केही रोचक घुम्तीसहित सकिएको थियो । भेक्सा पराजित त भएको छ तर नष्ट भएको छैन । म्याक्स मर्छ र फर्कन्छ तर कोमामा । हकिन्स मर्न थाल्छ । विलले भेक्नाको पुनरागमन महसुस गर्छ ।

‘स्ट्रेन्जर थिंग्स’ नेटफ्लिक्सको खजानाको सबैभन्दा ठूलो आभूषणमध्ये एक हो, र सन् २०१० को मध्यमा स्ट्रिमिङ जायन्टको सबैभन्दा प्रारम्भिक मौलिक हिट श्रृंखला मध्ये एक बन्यो ।

नेटफ्लिक्सको आफ्नै तथ्याङ्कले शोको चौथो सिजनलाई मात्र १४ करोड भन्दा बढी पटक वा लगभग १.८ अर्ब हेराइ घण्टा हेरिएको बताउँछ । कार्यक्रमको फ्यान्डम बढ्दै जाँदा, यसको मुख्यतया युवा कलाकारको प्रोफाइल पनि बढ्दै गयो ।

सन् २०१६ मा पहिलो पटक इलेभेनको रूपमा देखा पर्दा १२ वर्षीया मिली बबी ब्राउन हलिउडको सबैभन्दा चम्किलो स्टारमध्ये एक बनेकी छिन् ।

बेलायती अभिनेत्रीले दुईवटा गोडजिला फिल्म र जासूसकी किशोरी बहिनी एनोलामा आधारित शेर्लक होम्स स्पिन–अफमा काम गरिसकेकी छिन् ।

यसैबीच, श्रृंखलाले वेस्ट एन्ड प्रोडक्सन द फस्र्ट श्याडोलाई जन्म दियो र दुई पटक एकेडेमी अवार्ड मनोनित विनोना राइडरको करियरलाई पुनर्जीवित गर्‍यो ।

जिम हपरको रूपमा डेभिड हार्बरको अभिनय मार्वल फिल्महरू ब्ल्याक विडो र थन्डरबोल्ट्ससहित ब्लकबस्टर हिटहरूमा रुचाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?