११ मंसिर, काठमाडौं । आजको दोस्रो खेलमा पोखरा एभेन्जर्सले पहिले ब्याटिङ गर्दैछ ।
एभेन्जर्सका कप्तान कुशल भुर्तेलले टस जितेर पहिले ब्याटिङ रोजेका हुन् । जनकपुरले बलिङको निम्तो पाएको छ ।
पोखरा एभेन्जर्सले आज एक परिवर्तन गरेको छ । अभिषेक तिवारीको स्थानमा तृतराज दास पहिलो रोजाइमा परेका छन् ।
जनकपुरले भने आज तीन परिवर्तन गरेको छ । लाहिरु मिलान्था, संगिथ कुरे र आदित्य महताको स्थानमा आज वाने माज सादाकत, वायने पार्नेल र शुभ कंसाकार पहिलो रोजाइमा खेल्दैछन् ।
यी दुवै टोलीले यसअघि दुई/दुई खेल खेलेका छन् । दुवै टोलीले अंक जोड्न सकेका छैनन् ।
प्रतिक्रिया 4