News Summary
Generated by OK AI. Editorially reviewed.- एमएडब्लू वृद्धिले दिपल एस ०७ आईसीएमा बाईब्याक ग्यारेन्टी र पाँच वर्षसम्म शून्य खर्च स्किम पुनः सुरु गरेको छ।
- यस स्किमअन्तर्गत ग्राहकले दोस्रो वर्षदेखि पाँचौं वर्षसम्म पूर्वनिर्धारित रिसेल मूल्य पाउनेछन्।
- ग्राहकले पाँच वर्षसम्म अटोप्लस इन्स्योरेन्स, मेन्टेनेन्स, चार्जिङ र रोड ट्याक्स खर्च नतिर्नेछन्।
१२ मंसिर, काठमाडौं । ईभी ब्रान्ड दिपलको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धिले फ्ल्यागसिप मोडेल दिपल एस ०७ आईसीएमा ‘बाईब्याक ग्यारेन्टी र ५ वर्षसम्म शून्य खर्च’ स्किम पुनः सुरु गरेको छ ।
यो स्किमले दिपल एस ०७ प्रति ग्राहको आत्मविश्वास बढाउने, ‘रिसेल भ्यालु’को चिन्ता हटाउने र नेपालमा विद्युतीय सवारीको स्वामित्व अनुभवलाई अझ सहज बनाउने एमएडब्लु वृद्धिले जनाएको छ ।
‘बाईब्याक ग्यारेन्टी कार्यक्रमअन्तर्गत दिपल एस ०७ आईसीए खरिद गर्ने प्रत्येक ग्राहकले दोस्रो वर्षदेखि पाँचौं वर्षसम्म जुनसुकै समयमा एमएडब्लू ग्रुपबाटै पूर्व निर्धारित रिसेल मूल्य पाउनेछन्’ कम्पनीले भनेको ‘यो स्किमले ईभी खरिदकर्ताको रिसेल मूल्यको चिन्तालाई सम्बोधन गर्नेछ ।’
पाँच वर्षसम्म शून्य खर्च
बाईब्याक एस्योरेन्सको साथै ग्राहकले पाँच वर्षसम्म शून्य खर्च लाग्ने वृहत कार्यक्रमको पनि उपभोग गर्न सक्नेछन् । यसअन्तर्गत ग्राहकले पाँच वर्षसम्म ‘अटोप्लस इन्स्योरेन्स’, ‘पिरियोडिक मेन्टेनेन्स’, चार्जिङमा लाग्ने खर्च र ‘रोड ट्याक्स’को खर्च तिर्नुपर्ने छैन । आवश्यक सबै सेवा उपलब्ध यो स्किममार्फत ग्राहकले चिन्तामुक्त र निर्वाध ईभी अनुभव गर्न पाउनेछन् ।
‘हाम्रो उद्देश्य ग्राहकलाई आफ्नो ईभी यात्राभर आश्वस्त पार्नु र पिस अफ माइन्ड दिलाउनु हो’ एमएडब्लू वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारियाले भने, ‘दिपल एस ०७ आईसीए आरामदायी र इन्टेलिजेन्ट एसयूभी हो जसले नेपालको बदलिँदो गतिशिलताको मागलाई सम्बोधन गर्छ ।’
लक्जरी र प्रविधिको नयाँ मापदण्ड
एस०७ आईसीएमा दिपल एपमा ग्राहकलाई कारसँग विना रोकतोक अन्तरक्रिया गर्न मद्दत गर्छ । यो एपमार्फत जुनसुकै ठाउँमा बसेर कारलाई कन्ट्रोल गर्न सकिन्छ ।
कारको झ्याल खोल्न र बन्द गर्न, एसी कन्ट्रोल गर्न, चार्जिङको अवस्था बुझ्न र कारको लोकेसन ट्रयाक गर्न सकिन्छ । साथै यसमा ४जी ५जी हटस्पट, इन्टरनेट कनेक्टिभिटी, स्मार्ट एप कनेक्टिभिटी, एमेजन म्युजिक, स्पटिफाइ र लाइभ नेभिगेसनको समेत सुविधा रहेको छ ।
प्रतिक्रिया 4