+
+
WC Series
विराटनगर किंग्स 2025
144/8 (20)
VS
Lumbini Lions won by 5 wickets
Won लुम्बिनी लायन्स 2025
145/5 (17.5)
Shares

शिक्षा मन्त्रालयले जेनजी आन्दोलनमा जलेका सामग्री लिलाममा बिक्री गर्ने

मन्त्रालयले तीन दिनभित्र १ हजार ९५५ रूपैयाँ नगद धरौटीसहित निवेदन दिनु सूचना जारी गरेको छ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १४ गते २०:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जेनजी आन्दोलनमा जलेर अवशेष भएका सामग्री तीन दिनभित्र लिलाम बिक्री गर्ने सूचना जारी गरेको छ।
  • मन्त्रालयले १ हजार ९५५ रूपैयाँ नगद धरौटीसहित निवेदन दिन आह्वान गरेको छ र लिलाम बढाबढ मूल्य ३९ हजार ८८ रूपैयाँ तोकेको छ।
  • फलाम १२१६.५ केजी, कम्प्युटर मनिटरलगायत ११७ केजी र कचरा ८४.४५ केजी सामग्री लिलाम बिक्रीका लागि राखिएको छ।

१४ मंसिर, काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जेनजी आन्दोलनमा जलेर अवशेषको रुपमा रहेका सामग्री लिलाममा बिक्री गर्ने भएको छ।

मन्त्रालयले तीन दिनभित्र १ हजार ९५५ रूपैयाँ नगद धरौटीसहित निवेदन दिनु सूचना जारी गरेको छ।

‘जेनजी समूहको आन्दोलनबाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको आगजनीबाट जलेर नष्ट भई अवशेषको रुपमा रहेका फलामका एवं स्टिललगायतका पत्रु सामानहरु तथा तोडफोडबाट भएको मेशिनरी तथा फर्निचरका सामानहरु जे जस्तो अवस्थामा छ, सोही अवस्थामा लिलाम बिक्री गर्नुपर्ने भएकोले यो सूचना प्रकाशित गरिएको छ,’ मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ। मन्त्रालयले लिलाम बढाबढ आह्वान गरेको हो।

फलाम १२१६.५ केजी, कम्प्युटर मनिटरलगायतका ११७ केजी र कचरा ८४.४५ केजी लिलामी बिक्रीका लागि मन्त्रालयले सूचना जारी गरेको छ । मन्त्रालयले लिलाम बढाबढ हुने मूल्य ३९ हजार ८८ रूपैयाँ तोकेको छ ।

हेर्नुहोस् शिक्षा मन्त्रालयको सूचना :

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?