१५ मंसिर, विराटनगर । नेपाली कम्युनिष्ट पार्टीले आज कोशी प्रदेशको विराटनगरमा ‘एकता सन्देश सभा’ गर्दैछ । एकताको सन्देश तल्लो तहसम्म पुर्याउन सातै प्रदेशमा सभा गर्ने क्रममा आज कोशी प्रदेशको विराटनगरमा सभा गर्न लागिएको हो ।
जनआन्दोलन चोकको उत्तरतर्फ रहेको पुरानो गुद्रीको खुल्ला मैदानमा दिउँसो १२ बजेदेखि सभा आयोजना हुने नेकपाका स्थानीय नेताहरुले बताएका छन् । १० हजार समर्थकलाई उपस्थित गराउने दाबी उनीहरुले गरेका छन् ।
सभालाई नेकपा संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सह–संयोजक माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, भीम रावललगायतले सम्बोधन गर्नेछन् ।
यसअघि नेकपाले सुदूरपश्चिमको धनगढी, लुम्बिनीको लमही, गण्डकीको पोखरामा सभा गरिसकेका छन् ।
कर्णाली प्रदेशस्तरीय सभा सुर्खेतको वीरेन्द्रनगरमा यही मंसिर १८ गते गर्ने भनिएकोमा स्थगित गरेर २७ गते पुर्याइएको छ ।
मंसिर १८ गतेको दिन परम्परागत पूर्णिमा मेला तथा साँस्कृतिक पर्वहरु हुने भएकाले सभाको मिति सारिएको कर्णाली प्रदेशस्तरीय एकता सन्देश सभा मूल व्यवस्थापन समिति संयोजक कालीबहादुर मल्लले जानकारी दिए ।
प्रतिक्रिया 4