१४ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई पितृशोक परेको छ । उनका बुवा रामनारायण शाहको केहीबेरअघि नयाँ बानेश्वरको सिभिल अस्पतालमा निधन भएको हो ।
उनलाई आइतबार बिहान बेहोसी अवस्थामा नै अस्पताल पुर्याइएको थियो ।
अस्पताल स्रोतका अनुसार, उनलाई आइतबार बिहान अवस्था गम्भीर भएपछि बेहोसी अवस्थामा नै परिवारका सदस्यले अस्पताल लगेका थिए ।
एक चिकित्सकले दिएको जानकारी अनुसार, उनी एक सातादेखि बिरामी थिए । उनलाई मधुमेह थियो भने पिसाब संक्रमणले थप बिरामी परेका थिए ।
अस्पताल पुर्याउने बेलासम्ममा पिसाब संक्रमण उनको शरीरभरि फैलिएको ती चिकित्सकले जानकारी दिए ।
‘एक सातादेखि बिरामी हुनुहुँदोरहेछ । मधुमेह र पिसाबको संक्रमण थियो । बेहोसीमै अस्पताल ल्याइएको थियो,’ ती चिकित्सकले अनलाइनखबरसँग भने ।
बालेनका बुवालाई अस्पताल लगिएको थाहा पाएपछि प्रधानमन्त्री सुशीला कार्की सोमबार बिहान अस्पताल पुगेकी थिइन् । प्रधानमन्त्री कार्कीले शाहसहित भेन्टिलेटरमा उपचाररत अन्य बिरामीको स्वास्थ्यअवस्थाबारे पनि जानकारी लिएकाे तले जानकारी दिएको छ ।
प्रतिक्रिया 4